ह्वाट्सएपको डार्क मोड फीचर, हाल बीटा टेस्टरका लागि मात्रै उपलब्ध

Technology Khabar १० माघ २०७६, शुक्रबार

ह्वाट्सएपको डार्क मोड फीचर, हाल बीटा टेस्टरका लागि मात्रै उपलब्ध
Classic Tech

काठमाडौं । लामो समयको प्रतिक्षापछि अन्ततः ह्वाट्सएपले आफ्नो डार्क मोड फीचर सार्वजनिक गरेको छ । इन्टरनेटमा पछिल्लो केहि समयदेखी यस फीचरलाई लिएर निकै चर्चा परिचर्चा भएको थियो । र अहिले ह्वाट्सएपले यस फीचरलाई प्रयोगकर्तामाझ प्रस्तुत गरेको छ ।

ह्वाट्सएपको सेटिङ्गस भित्रको थीम सेक्सनमा यस फीचरलाई ‘डार्क’ नाम दिइएको छ ।

यस मोडले एपको पुरा युआईलाई गाढा रङगमा बदलिन्छ । यस बाहेक यस फीचरलाई सुरु गरेपछि एपको होम स्क्रीन र सेटिङ्स मेन्यु पनि गाढा रङगमा परिर्वतन हुन्छ । यद्पी च्याट भित्र भने ह्वाइट वा प्रयोगकर्ताले छानेको ब्याकग्राउण्ड नै रहनेछ, तर च्याट बबलमा भने गाढा कलर आउनेछ ।

हाल ह्वाट्सएपले यस डार्क मोड फीचरलाई केवल बीटा टेस्टर्सको लागी मात्रै जारी गरेको छ । यस फीचरको स्टेबल भर्जन कहिले आउने छ यसको बारेमा भने कम्पनीले कुनै जानकारी दिइएको छैन । तर बीटा भर्जनमा आईसकेकाले यस फीचर चाँडै नै स्टेवल भर्जनमा उपलब्ध हुने पक्का भएको छ ।

ह्वाट्सएपले यस डार्क फीचरलाई एक अपडेटमार्फत जारी गरिसकेको छ । बीटा टेस्टर आफ्नो गूगल प्ले स्टोरको माध्यमबाट यसलाई अपडेट गराउन सक्दछन् । यस अपडेट एपलाई २.२०.१३ भर्जनमा अपडेट गरिएको छ । यदि तपाईँपनि बीटा टेस्टर हुनुहुन्छ भने यसलाई ह्वाट्सएप बीटा भी२.२०.१३एपिके को एपिकेमीरर बाट डाउनलोड गर्न सक्नुहुनेछ ।

डब्लूएबीटाइन्फोकोअनुसार यदि बीटा टेस्टरलाई अपडेट गरेपछि पनि र्डाक मोड फीचर देखिईरहेको छैन भने उनिहरुले एपलाई डिलिट गर्नुपर्ने हुन्छ । जसपश्चात यसलाई गूगल प्ले स्टोर वा एपिकेको लिंकबाट यसलाई फेरी इन्स्टल गर्नुपर्ने हुन्छ । ध्यान रहोस् एपलाई डिलिट गर्नुपहिले आफ्नो च्याट ब्याकअप लिन नभुल्नुहोला ।

प्रकाशित: १० माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...