एप्पलको सस्तो मूल्यको बजेट आइफोन एसई २ आउँदो मार्च महिनामा लन्च हुनसक्ने

Technology Khabar १० माघ २०७६, शुक्रबार

एप्पलको सस्तो मूल्यको बजेट आइफोन एसई २ आउँदो मार्च महिनामा लन्च हुनसक्ने
Classic Tech

काठमाडौं । एप्पलको सस्तो मूल्यको बजेट आइफोनको लन्च आउँदो मार्चमा हुनसक्ने देखिएको छ । रिर्पोटअनुसार मार्चमा कम्पनीले एक मिड रेन्ज आइफोन लन्च गर्न सक्नेछ जसलाई आईफोन एसई २ नाम दिईने छ ।

महत्वपुर्ण कुरा कम्पनीले आइफोन एसई लन्च गरेपछि हालसम्म यस सिरीजको दोस्रो फोन लन्च गरेको छैन । ब्लुमबर्गले एप्पलको रोड म्याप्समा काम गर्ने एक स्रोतलाई उदृत गर्दै यस आइफोनको प्रोडक्सन फरवरीबाट सुरु हुने जनाएको छ ।

पछिल्लो केहि समयदेखि इन्टरनेटमा आइफोन एसई २ र आईफोन ९ को रेन्डर्स शेयर भईरहेको छ । तर हालसम्म कुनैपनि स्पष्ट जानकारी रहेको छैन । रिर्पोटले एसई २ को डिजाइन र साइज आईफोन ८ को जस्तै हुने जनाएको छ ।

ब्लुमबर्गको यस रिर्पोटअनुसार एप्पलको मार्चमा लन्च हुने यस आइफोनमा एप्पल ए१३ बायोनिक प्रोसेसर दिइने छ । महत्वपुर्ण कुरा यसअघिको आइफोहरु अर्थात आईफोन ११ को सिरीजमा पनि यहि प्रोसेसर राखिएको थियो ।

रिर्पोटले आइफोन एसई२ मा फेस आईडी नभई कम्पनीले यसमा टच आईडी प्रयोग गर्न सक्ने देखाएको छ । यस फोनको मुल्य कम्पनीले २०१६ मा जारी गरेको आईफोन एसई जत्ति नै राख्न सक्ने संभावना छ । त्यसबेला कम्पनीले आईफोन एसई लाई ३९९ अमेरिकी डलरमा लन्च गरेको थियो ।

तर तत्कालिन समयमा आइफोन एसई सफल नभएको हुँदा कम्पनीले एसई२ मा के यस्तो फिचर दिनेछ जसले यसलाई सफल बनाउला भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशित: १० माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...