कमजोर पासवर्डबाट कारोवार हुनु भन्दा पासवर्ड नहुनु नै धेरै सुरक्षित– विश्व आर्थीक मञ्च

Technology Khabar ९ माघ २०७६, बिहीबार

कमजोर पासवर्डबाट कारोवार हुनु भन्दा पासवर्ड नहुनु नै धेरै सुरक्षित– विश्व आर्थीक मञ्च

काठमाडौं । विश्वभरिमा साइबर अपराध र डाटा चोरीको घटनाहरुसँग सम्बन्धित रहेर गरिएको एक अध्ययनअनुसार यस्ता घटना हुनुको मुख्य कारण कमजोर पासवर्ड राख्नु नै हो । अध्ययनले कमजोर पासवर्डभन्दा पासवर्ड नराखी गरिएको कारोवार ज्यादा सुरक्षित हुने देखाएको छ ।

विश्व आर्थीक मञ्च (डब्ल्युईएफ) ले आफ्नो २०२० को वार्षिक बैठकको बेला यस्तो रिर्पोट सार्वजनिक गरेको हो । रिर्पोटले विश्वस्तरमा हुने पाँच डाटा चोरीका घटनामध्ये चार घटनाको कारणमा कमजोर पासवर्ड रहनु देखाएको छ । २०२० मा साइवर अपराधबाट विश्वस्तरको अर्थव्यवस्थामा प्रत्येक मिनेट २९ लाख डलर घाटा हुने गरेको छ । यसको करिब ८० प्रतिशत साइबर घटना पासवर्डसँग सम्वन्धित रहेका हुन्छन् ।

अध्ययन रिपोर्टमा याद गर्नुपर्ने कुनैपनि किसिमको पासवर्ड वा पीन नम्बर जे भएपनि यो प्रयोगकर्ताको लागी समस्याको बिषय रहेको र यसको परिवर्तन पनि निकै महँगो रहेको उल्लेख छ । रिर्पोटअनुुसार ठुला कम्पनीहरुको आईटी हेल्प डेस्कको करिब ५० प्रतिशत लागत पासवर्ड पुनः बितरणमा लाग्ने गरेको छ । यस काममा लागेका कर्मचारहरुलाई कम्पनीले वार्षिक औषतमा १० लाख डलर खर्च दिनुपर्ने देखिएको छ ।

डब्ल्युईएफको रिर्पोटमा पासवर्ड बिनाको प्रमाणीकरणको मतलव डिजिटल विश्वको सबै बाधाहरुलाई हटाउनुपर्ने भन्ने बिलकुलै नभएको जनाएको छ । रिर्पोटले अब आर्टिफिशियल इन्टेलिजेन्समा आधारित र मेशिन लर्निंगमा आधारित हुनुपर्दछ जसबाट उपभोक्ताहरुको समय र कम्पनीको आर्थिक बचत हुने बताएको छ ।

साइवर सुरक्षा र डिजिटल भरोशाको भविष्यलाई आकार दिनको लागी डब्ल्युईएफको एक कार्यक्रमका प्रमुख आन्द्रिएन ओगीले बायोमेट्रिक्सको बढ्दो उपलब्धी र आउँदो पुस्ताको प्रविधिहरु अनुरुप उपभोक्ताहरुले राम्रो डिजिटल अनुभव र अनलाइन सुरक्षाको माग गर्न थालेको बताएका छन । मञ्चले यो रिर्पोट एफआइडी एलायन्ससँगको सहकार्यमा तयार गरेको हो ।

रिर्पोटले पासवर्डरहित प्रमाणीकरणको लागी पाँच प्रमुख प्रविधिहरुलाई अपनाउन सुझाव दिएको छ । यसमा बायोमेट्रिक, मानिसको ब्यवहारको विश्लेषण, क्युआर कोड, स्मरणमा आधारित प्रमाणबाट स्वतन्त्रता सेक्यूरिटी रहेका छन्।

प्रकाशित: ९ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...