Technology Khabar ८ माघ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । भारतीय टेलिकम कम्पनी भोडाफोनले आफ्नो पेमेन्ट बैंक इकाई भोडाफोन एम–पैसा (M-Pesa) को कामकाज बन्द गरेको छ ।
भारतीय रिर्जभ बैंक (आरबीआई) ले मंगलबार भोडाफोन एम–पैसाको अधिकार प्रमाणपत्र रद्द गरिदिएको जनाएको छ । भोडाफोनद्धारा स्वेच्छा प्रमाणपत्र फिर्ता गरेपछी यसलाई रद्द गरिएको हो ।
आरबीआईकाअनुसार प्रमाणपत्र रद्द भइसकेको अवस्थामा भोडाफोन एम–पैसा प्रीपेड भुक्तानसँग जोडिएको कुनैपनि कार्य हुनेछैन । यद्पी ग्राहक वा व्यापारीहरुलाई भुक्तान प्रणाली अपरेटर (पीएसओ) कुनै कानुनी दाबी भए उनिहरुले प्रमाणपत्र रद्द भएको तीन वर्ष भित्र अर्थात २०२२ को अन्त्य सम्म दाबी पेश गर्न सक्छन् ।
आरबीआईले भोडाफोन एम–पैसा (जुन पेमेन्ट सिस्टम अपरेटर हो) ले स्वेच्छाले आफ्नो प्रमाणपत्र फिर्ता गरेको बताएको छ । गएको वर्ष भोडाफोन आइडियाले आदित्य बिडला आइडिया पेमेन्ट बैंक लिमिटेड बन्द भएपछि एम–पैसा इकाईलाई पनि बन्द गर्ने घोषणा गरेको थियो ।
भोडाफोन एम–पैसा ति ११ कम्पनिहरुमा सामेल रहेको छ, जसलाई आरबिआईले २०१५ मा पेमेन्ट लाइसेन्स दिएको थियो ।
पछिल्लो दिनमा टेलिकम कम्पनी भोडाफोन वित्तिय समस्यामा परेको छ भने कम्पनीले भारतमा सेवा बन्द गर्नसक्ने सम्मको समाचार रिपोर्टहरु भारतीय मिडियामा केहि समय अगाडि आएका थिए ।
प्रकाशित: ८ माघ २०७६, बुधबार