३२ मेगापिक्सल सेल्फी क्यामरा भएको सामसङ ग्यालेक्सी नोट १० लाइट भारतमा सार्वजनिक

Technology Khabar ८ माघ २०७६, बुधबार

३२ मेगापिक्सल सेल्फी क्यामरा भएको सामसङ ग्यालेक्सी नोट १० लाइट भारतमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले हिजो भारतमा आफ्नो पावरफुल स्मार्टफोन ग्यालेक्सी नोट १० लाइटको लाइट भर्जनलाई सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट १० लाइट नाम दिइएको यस फोनलाई कम्पनीले केहि समय अघिमात्र अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको थियो, र अहिले कम्पनीले यस डिभाइसलाई भारतमा पनि ल्याएको हो ।

सामसङ ग्यालेक्सी नोट१० लाइटलाई कम्पनीको तर्फबाट २४००×१०८० पिक्सल रिजोल्युसन रहेको फुलएचडी+सुपर एमोलेड डिस्प्लेमा लन्च गरेको छ । जसलाई कम्पनीले सिनेम्याटीक इनफिनीटी डिस्प्ले नाम दिएको छ ।

सामसङ ग्यालेक्सी नोट १० लाइटको दुई भेरियन्ट पेश गरिएको छ । जसमा ६ र ८ जीबी ¥याम सामेल रहेको छ । यी दुबै भेरियन्ट्समा १२८ जीबी इन्टरनल स्टोरेज रहनेछ भने माइक्रो एसडी कार्डबाट यसलाई १ टिबीसम्म बनाउन सकिन्छ । ग्यालेक्सी नोट १० लाइटमा एनएफसी र सामसङ पे जस्तो फीचरसहितको हुने छ ।

फोटोग्राफीका लागि सामसङले सफ्टवेयरमा मात्रै नभई आउटर लुकको केशमा पनि क्यामरा डिपार्टमेन्टलाई खास बनाएको छ । ब्याक प्यानमा स्क्वायर शेपमा रियर क्यामरा रहेको छ जसमा एफ/२.२ अपर्चर वाला १२ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स, एफ/१.७ अपर्चरवाला १२ मेगापिक्सेलको वाइड लेन्स र एफ/२.४ अपर्चर वाला १२ मेगापिक्सेलको टेलीफोटो लेन्स रहेको छ । भने फ्रन्ट प्यानलमा रहेको पाँचहोल मा ३२ मेगापिक्सेलको सेल्फी क्यामरा फीट रहेको छ ।

ग्यालेक्सी नोट १० लाइटलाई २.० यूआईमा आधारित एन्ड्रोएडको सबैभन्दा एडभान्स ओएस एन्ड्रोएड १० मा पेश गरिएको छ जुन सामसङको नै १०एनएम प्रविधिमा बनेको ९८१० चिपसेटमा रन गर्दछ । पावर ब्याकअपको लागी यस डिभाइसमा सुपर फास्ट चार्जिङ सर्पोट गर्ने ४,५०० एमएएचको ब्याट्री रहेको छ । यो डिभाइस पनि नोट सीरीजको बाकी फोनको जस्तै निकै एडभान्स एस पेनसँगै लन्च भएको छ ।

सामसङ ग्यालेक्सी नोट १० लाइटको ६ जीबी रयाम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मुल्य ३८,९९९ भारु रहेको छ । त्यस्तै ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मुल्य ४०,९९९ भारुमा किन्न सकिन्छ । सामसङ ग्यालेक्सी नोट १० लाइट ओरा ग्लो, ओरा ब्ल्याक र ओरा रेड कलरमा बिक्री हुनेछ । फोनको प्री बुकिङ भने हिजैबाट सुरु भइसकेको छ । ग्यालेक्सी नोट १० लाईट आउँदो फरवरी ३ बाट कम्पनीको बेवसाइटको साथै अनलाइन सपिङ साइट्समा र अफलाइन रिटेल स्टोर्समा बिक्रीको लागी भारतभर उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: ८ माघ २०७६, बुधबार

ताजा समाचार