अटोमेकर सुबारुले सन् २०३० देखि इलेक्ट्रिक भेहिकल्स मात्र बिक्री गर्ने लक्ष्य

Technology Khabar ८ माघ २०७६, बुधबार

अटोमेकर सुबारुले सन् २०३० देखि इलेक्ट्रिक भेहिकल्स मात्र बिक्री गर्ने लक्ष्य

काठमाडौं । जापानको सुबारु कर्पले सन् २०३०को मध्यसम्ममा विश्वभर केबल इलेक्ट्रिक भेहिकल्स मात्र बिक्री गर्ने लक्ष्य लिएको छ। कम्पनीले दिर्घकालिन कार्बन फ्रि समाजको लक्ष्यका साथ सो घोषणा गरेको बताएको छ ।

सुबारुले टोयोटा मोटर कर्पसँग पूँजी सहकार्यलाई कसिलो पार्दै ग्लोबल अटोमेकर कम्पनीहरुले नयाँ प्रविधिको विकास गर्न कम लागत र पूँजीका लागि सहकार्य गरिरहेका छन् ।

यसबाहेक सुबारुको माइल्ड हाईब्रिड र प्लगइन हाईब्रिड कारहरु यसअघि नै लाइनअपमा रहेका छ र सुबारुले स्ट्रंग हाइब्रिड भनिने गाडि टोयोटाको प्रविधि प्रयोग गरेर विकास गरिरहेको छ।

यसबाहेक कम्पनीले टोयोटाका साथ मिलेर अल ब्याट्री इलेक्ट्रिक कार पनि विकास गरिरहेको छ ।

सुबारुकाअनुसार सन् २०३०सम्ममा कम्तिमा ४० प्रतिशत कारहरु विश्वभर इलेक्ट्रिक भेहिकल वा हाईब्रिडकोरुपमा बिक्री हुने छन् । एजेन्सी

प्रकाशित: ८ माघ २०७६, बुधबार

Comments are closed.

Loading...