भारतीय टेलिकम कम्पनी रिलायन्स जियोको माई जियो एपबाट युपीआई पेमेन्ट शुरु

Technology Khabar ८ माघ २०७६, बुधबार

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोको माई जियो एपबाट युपीआई पेमेन्ट शुरु
Classic Tech

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियो प्रयोगकर्ताले अब माई जियो एपको मदतबाट युपीआई पेमेन्ट गर्न पाउने भएका छन् । इनट्रयाकरको एक रिर्पोटअनुसार रिलायन्स जियो भारतकै पहिलो टेलिकम भएको छ जसले आफ्नो प्लेटफर्ममा युपीआई सर्भिस अफर गरिरहेको छ ।

रिलायन्स जियोले युपीआई पेमेन्ट आफ्नो वालेट एप जियोमनिबाट नभई माईजियो एपबाट शुरु गरेको छ । हाल यो सर्भिस केहि प्रयोगकर्ताको लागी मात्रै सुरु गरिएको बताईएकोछ ।

रिलायन्स जियो प्रयोगकर्ताले युपीआई पेमेन्ट सर्भिस प्रयोग गर्नलाई माईजियो एपको मदतले नयाँ युपीआई आईडि बनाउनु पर्नेछ, जसको अन्त्यमा २जियो रहनेछ । एकपटक साइनअप प्रोसेस पुरा भएपछि प्रयोगकर्तालाई आफ्नो ब्याङक डिटेल्स भेरिफाई गर्नुपर्ने हुन्छ, यसपछि प्रयोगकर्ताले युपीआई पेमेन्ट गर्न सक्दछन् ।

रिलायन्स जियोद्धारा माईएपमा सुरु गरिएको सर्भिसलाई हाल कुनै नाम प्रदान गरिएको छैन् । रिलायन्स जियोले यस सर्भिसको मद्धतले युपीआई पेमेन्टको साथसाथै आफ्ना सब्सक्रीप्सनहरुलाई रिचार्ज पनि गर्न सक्दछ । रिर्पोटअनुसार रिलायन्सले युपीआई सर्भिस पेमेन्टको लागी आईसीआईसी बैंक, एक्सीस बैंक र एसबिआई बैंकसँग कुरा गरेको छ ।

स्मरण रहोस रिलायन्स जियो भारतीय टेलिकम क्षेत्रको सबैभन्दा ठुलो कम्पनी हो । र यस कम्पनीले भारतको टेलिकम क्षेत्रमा प्रवेश गरेको तीन वर्षमा नै यो सफलता पाएको हो । जियोले सन् २०१७ देखि भारतीय टेलिकम क्षेत्रमा हात हालेको हो । एजेन्सी

प्रकाशित: ८ माघ २०७६, बुधबार

Comments are closed.

Loading...