अनलाइन कोडिङ्ग कोर्षबाट कर्मचारीलाई प्रशिक्षण दिँदै गूगल, ६ महिने कोर्ष गराईने

Technology Khabar ८ माघ २०७६, बुधबार

अनलाइन कोडिङ्ग कोर्षबाट कर्मचारीलाई प्रशिक्षण दिँदै गूगल, ६ महिने कोर्ष गराईने

काठमाडौं ।

काठमाडौं। अमेरिका स्थित टेक कम्पनी गूगलले नयाँ ‘गूगल आईटी अटोमेशन विथ पायथन प्रोफेशनल सर्टिफिकेट’ प्रस्तुत गरेको छ । यो एक प्रोग्राम हो जसलाई ६ महिनाभित्र पायथन, गीट र आइटी अटोमोशनमा जागिरको लागी चाहिने कौशल उपलब्ध गराउनको लागी डिजाइन गरिएको हो ।

ग्रो विथ गूगलकी प्रोड‍क्ट लीड नताली वेन क्लिफ कोनले आफ्नो बयानमा पायथन सबैभन्दा अधिक माग गरिने भाषा भएको र अमेरिकामा ७५ हजार ईन्ट्री लेभल राेजगारीसहित ५ लाख ३० हजारभन्दा धेरै राेजगारीहरुमध्ये पायथनमा दक्ष व्यक्तिको माग रहने गर्दछ । यस नयाँ सर्टिफिकेटको माध्यमबाट पायथन, गीट र आइटी अटोमेशन मात्रै छ महिनामा सिक्न सकिने उनले बताइन् ।

यस प्रोग्राममा फाइनल प्रोजेक्ट पनि सामेल रहेको छ, जहाँ प्रशिक्षार्थीले आफ्नो नयाँ कुशलताको माध्यमबाट समस्याको समाधान गरेर राेजगारी पाउन सक्दछन्, जस्तो-अटोमोशनको प्रयोग गरेर वेब सर्भीस तयार गर्नु ।

गएको वर्ष अक्टोबरमा गूगलका सिईओ सुन्दर पिचाई र ह्वाइटहाउसका सल्लाहकार इवान्का ट्रम्पले एक प्रोग्राममा यसको घोषणा गरेका थिए, जसको माध्यमबाट २ लाख ५० हजारले अमेरिकी टेक्नोलोजी कौशलता सिक्ने कुरा गरिएको थियो । एजेन्सी

Sajilo Visa

प्रकाशित: ८ माघ २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार