एन्ड्रोयड र आईओएसका पुराना सिस्टममा फरवरी १ देखि ह्वाट्सएप नचल्ने, यसरी गर्नुस् च्याट सेभ

Technology Khabar ८ माघ २०७६, बुधबार

एन्ड्रोयड र आईओएसका पुराना सिस्टममा फरवरी १ देखि ह्वाट्सएप नचल्ने, यसरी गर्नुस् च्याट सेभ

काठमाडौं ।

काठमाडौं । ह्वाट्सएपले आउँदो फरवरी १ देखि केहि एन्ड्रोयड स्मार्टफोन र आईफोनहरुमा काम गर्न बन्द गर्दैछ । यी मोबाइल फोनमा चलिरहेको ह्वाट्सएप एकाउन्ट पुर्ण रुपमा चल्न बन्द हुनेछ र एकाउन्टमा रहेको च्याटपनि डिलिट हुनेछ ।

यसबाट बच्नको लागी प्रयोगकर्ताले १ फरवरीभन्दा पहिले नै च्याटको ब्याकअप लिन सक्दछन्। यसअघि ३१ डिसेम्बरबाट ह्वाट्सएपले विन्डोज फोनमा सर्पोट बन्द गरेको थियो । अब ह्वाट्सएपले १ फरवरी देखि केहि एन्ड्रोयड र आईओएस डिभाइसमा सर्पोट बन्द गर्दैछ ।

ह्वाट्सएपको यसअघिकै घोषणाअनुसार एन्ड्रोयड २.३.७ अपरेटिङ्ग सिस्टम र त्यसभन्दा पुरानो भर्जनका डिभाइस र आईओएस ८ वा त्यसभन्दा पुरानो भर्जनको डिभाइसमा यसले सर्पोट बन्द गर्दैछ । आफ्नो च्याटलिस्ट र ह्वाट्सएपलाई जोगाउन प्रयोगकर्ताले उल्लेख गरिएको भन्दा माथीको डिभाइसमा आफ्नो एकाउन्ट सिफ्ट गर्न वा सेभ गर्न सक्छन् । तर साे समयपछि उल्लेखित पुराना डिभाइसमा ह्वाट्सएप चलाउन सकिनेछैन् ।

यदी तपाईँपनि पुरानो एन्ड्रोएड वा आईओएस भर्जनको मोबाइलमा ह्वाट्सएप चलाउनुुहुन्छ हामी तपाईलाई १ फरवरी भन्दा अगाडी नै च्याट सेभ गर्न सल्लाह दिन्छौं । स्मरण रहोस अबदेखि ह्वाट्सएप एन्ड्रोएड ओएस ४.०.३ र आईफोनमा आइओएस ९ वा त्यो भन्दा माथिको भर्जनमा  मात्रै काम गर्दछ ।

यसरी गर्नुस् च्याट सेभ

ह्वाट्सएपको कुनैपनि च्याटको भित्र जानुहोस र माथि बायाँतर्फ दिईएको तीन डटमा क्लिक गर्नुस् । यहाँ तपाईँले मोर भन्ने स्थानमा क्लिक गर्नुस र एक्सपोर्ट च्याटमा क्लिक गर्नुस् ।

अब तपाइृँको स्क्रीनमा दुईवटा अप्शन आउनेछ र यहाँ यदि तपाईँले च्याटमा भएका मिडिया फाइलहरु पनि सेभ गर्न चाहनुहुन्छ भने इन्क्लुड मिडियामा क्लिक गर्नुस् । तर यदि तपाईँ मिडिया फाइलहरु बिना नै च्याटलाई सेभ गर्न चाहनुहुन्छ भने तपाईँले विदआउट मिडियामा क्लिक गर्नुपर्दछ।

अब तपाईँको च्याट पठाउने कयौं विकल्पहरु देखिनेछ । यहाँ तपाईँले ईमेल एपलाई छनौट गरेर च्याटलाई ईमेल एकाउन्टमा पठाउन सक्नुहुनेछ ।

easy care

प्रकाशित: ८ माघ २०७६, बुधबार