वेबसाइटमार्फत होटलको रेट तुलना गर्ने ट्रिभागोले ग्राहक झुक्याएको अष्ट्रेलियन अदालतको ठहर

Technology Khabar ८ माघ २०७६, बुधबार

वेबसाइटमार्फत होटलको रेट तुलना गर्ने ट्रिभागोले ग्राहक झुक्याएको अष्ट्रेलियन अदालतको ठहर

काठमाडौं ।

काठमाडौं । वेबसाइट तथा एपमार्फत होटलहरुको जानकारी दिने ट्रिभागो एनभीले ग्राहकहरुलाई भ्रमित बनाएको भन्दै अष्ट्रेलियाको अदालतले आरोप लगाएको छ । अदालतले सो विषयमा आगामी सुनुवाईमा जरिवाना समेत गर्नसक्ने बताईएको छ ।

जर्मन ट्राभल कम्पेरिजन साइट ट्रिभागोले आफ्नो वेबसाइटमा उत्कृष्ट होटल मूल्य देखाउने दाबी गर्दै विज्ञापन गर्ने गरेकोमा कम्पनीले उच्च कमिसन आउने होटलहरुको बारेमा मात्रै जानकारी प्रदर्शन गर्ने गरेको आरोप अष्ट्रेलियाको अदालतले लगाएको छ ।

ट्रिभागोले होटलहरुको कोठाको दरहरु आफ्नो वेबसाइट र टेलिभजिन विज्ञापन दुबैमा सन् २०१८ मा देखाउँदा अष्ट्रेलियाको उपभोक्ता कानून मिचेको अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्जुमर कमिसन(एसीसीसी)का चेयरम्यानन रोड सिम्सले बताए ।

‘ट्रिभागोले आफ्नो वेबसाइटमा राखिने ती विज्ञापनहरुबाट आउने कमिसनबाट कमाउने गर्दछ,’ सिम्सले भने ।

उनकाअनुसार कम्पनीले ती मानिसहरुलाई प्राथमिकता दिन्छ जसले ठूलो कमिसन उनीहरुको वेबसाइटमा प्रदान गर्दछन् । त्यसकारणले ट्रिभागोले उपभोक्ताहरु ती विज्ञापनहरुमा जाँदा अधिक नाफा कमाउँछ ।

अष्ट्रेलियाको उपभोक्ता नियमनकारी संस्थाले फ्रांकफर्टमा लिस्टेड रहेको सो कम्पनीलाई गत अगस्टमा मुद्धा दायर गरेको थियो ।

कम्पनीका अधिकारीले पनि अदालतको आदेशलाई पालना गरेर कसरी वेबसाइटमा प्रभावकारीरुपमा कम्पेरिजन रेटहरुबारे जानकारी दिन सकिन्छ भन्ने रिभ्यू गर्ने बताए । एजेन्सी

easy care

प्रकाशित: ८ माघ २०७६, बुधबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार