हुन्डाई कोना ईलेक्ट्रीकले कायम गर्यो गिनिज वर्ल्ड रेकर्डस

Technology Khabar ७ माघ २०७६, मंगलवार

हुन्डाई कोना ईलेक्ट्रीकले कायम गर्यो गिनिज वर्ल्ड रेकर्डस
Global IME Bank

काठमाडौं ।

काठमाडौं । ईलेक्ट्रीक एसयूभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयूभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा तिब्बतको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रेकर्ड सजिलै तोडेको थियो ।

हुन्डाई कोना ईलेक्ट्रीकले ईलेक्ट्रीक भेहिकल सम्बन्धी विभिन्न भ्रमहरुलाई तोडेर ईलेक्ट्रीक क्रान्ति ल्याउन सफल भएको कम्पनीको दाबी छ । ईमिशन इम्पोसिबल मिशन अन्तर्गत, कोना ईलेक्ट्रीकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फर्मेन्स गर्दा कुनै सम्झौता नगरी आफ्नो क्षमतालाई प्रमाणित गरेको छ ।

गिनिज वल्र्ड रेकर्डसका एड्जुडिकेटर ऋषी नाथले भने, सर्वाधिक उचाईमा पुग्ने ईलेक्ट्रीक कारको लागि हासिल गरेको यो उपाधिका लागि हुन्डाई मोटरलाई म हार्दिक बधाई दिन चाहन्छु । यो उपलब्धीसँगै हुन्डाईले ईतिहासमै किर्तीमानको नयाँ मापदण्ड बनाउन सफल भएको छ ।

कोना ईलेक्ट्रीकमा रहेको ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलले जस्तो सुकै बाटोको अवस्थामा पनि गाडी स्टेबल रहने कुरा पुष्टि गरेको छ । प्रविधि र पर्फर्मेन्सको बेजोड समिश्रण रहेको यो ग्रीन कार एउटा सच्चा प्रदर्शक हो र सर्वाधिक उचाईमा पुगेर रेकर्ड राख्ने पहिलो ईलेक्ट्रीक गाडी हो ।

यस अभियानको दौरानभरि नै कोना ईलेक्ट्रीकलाई पोर्टेबल चार्जरको मद्दतले चार्ज गरिएको थियो । कार किन्दा प्रदान गरिने स्ट्याण्डर्ड पोर्टेबल चार्जरले रातभरि चार्ज गरिएको थियो । शिखरमा चढाउँदा पनि यसको पर्फर्मेन्समा कुनै समस्या देखा परेको थिएन । शिखरबाट ओर्लिने बेला स्मार्ट पावर रिजेनेरेशन सिस्टमको मद्दतले गाडीले ड्राईभिङ्ग रेन्जलाई कम्प्लीमेन्ट गरेको थियो ।

यस सफलताले कोना ईभीको पावरफुल पर्फर्मेन्सलाई चरितार्थ गरेको छ र जस्तो सुकै मौसमी अवस्था र भू–भागमा उत्कृष्ट पर्पmर्मेन्स दिर्ने सुनिश्चितता प्रदान गरेको कम्पनीको भनाई छ ।

Sajilo Visa

प्रकाशित: ७ माघ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया