Technology Khabar ७ माघ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । भारतीय फुड डेलिभरी कम्पनी जोमाटोले उबरको भारतिय फुड डेलिभरी कारोबार उबर ईट्सलाई किनेको छ । यस स्टक डिलकाअनुसार उबरले जोम्याटोको ९.९९ प्रतिशत शेयर प्राप्त गर्नेछ।
जोम्याटोको भ्यालुएसनको हिसाबले यस शेयरको मुल्य करिब २,५०० करोड भारतीय रुपैयाँ हुने अनुमान रहेको छ । उबर इट्सले मंगलबार आफ्नो एपमा रहेका रेस्टुरेन्ट पार्टनर, डेलीभरी पार्टनर र ग्राहकहरुलाई जोम्याटोको प्लेटर्फममा शिफ्ट गर्ने जानकारी दिएको हो । उबरले घाटाका कारण आफ्नो फुड डेलीभरीको भारतीय बजार बेच्ने निर्णय गरेको हो ।
हाल बजार हिस्सा ४२ प्रतिशत रहेको र उबर इट्स किनेपछि जोमाटोको बजार हिस्सा ५० प्रतिशत भन्दा बढि हुनेछ । अर्को कम्पनी स्विगीको बजार हिस्सा हाल ४८ प्रतिशत रहेको छ । उबर इट्सको बजार हिस्सा भने १० प्रतिशत मात्र रहेको थियो ।
उबरको लिस्टमा रहेको २६,००० रेस्टुरेन्ट अब जोम्याटोमा शिफ्ट हुने
जोम्याटो र अर्को फुड डेलिभरी कम्पनी स्विगीसँगको कम्पिटिशनको कारणले उबर इट्स घाटामा गईरहेको थियो । कम्पनीले गएको ५ महिनामा २,१९७ करोड भारु घाटा भएको जानकारी दिएको थियो । उबरले भारतमा सन् २०१७ देखि फुड डेलिभरीको बिजनेश सुरु गरेको थियो । यसको प्लेटर्फममा भारतको ४१ सहरमा २६,००० रेस्टुरेन्टहरु लिस्टेड रहेका छन् ।
त्यहिँ जोम्याटोको रेस्टुरेन्ट डिस्कभरी र फुड डेलिभरी प्लेटर्फममा २४ देशका १५ लाख रेस्टुरेन्टको जानकारी रहेको छ । जोम्याटोले प्रत्येक महिना ७ करोड प्रयोगकर्तालाई आफ्नो सेवा उपलब्ध गराउँछ ।
जोम्याटोले केहिदिन अघि आफ्नो हालको लगानीकर्ता र एन्ट फाइनान्सियलबाट १५ करोड डलरको नयाँ लगानी जुटाएको थियो । एन्ट फाइनान्सियलले जोम्याटोको भ्यालुएसन ३०० करोड डलर मान्दै यो लगानी गरेको थियो ।
जोम्याटोका सिईओ दिपीन्दर गोयलले भारतको करिब ५०० सहरहरुमा फुड डेलिभरीमा पहिलो हुनु गर्विलो कुरा भएको र उबर इट्स किनेपछि स्थिती अझ मजबुत हुने बताए । त्यस्तै अर्कोतर्फ उबरका सिईओ दारा खोसरोशाहीले भारत एक महत्वपूर्ण बजार रहेको र राइड बिजनेसमा भइरहेको ग्रोथलाई ध्यानमा राख्दै लगानी जारी राख्ने जानकारी दिए ।
उबर इट्सको विश्वव्यापी घाटामा भारतिय मार्केटको २५ प्रतिशत योगदान
न्युज एजेन्सीहरुका अनुसार पछिल्लो वर्षको त्रैमासिकमा उबर इट्सको विश्वव्यापी कारोबारमा भारतिय बिजनेसको योगदान ३ प्रतिशत रहेको थियो । तर घाटामा भारतिय बिजनेसको २५ प्रतिशत रहेको थियो ।
फुड बिजनेसलाई बेचेर उबर अब राइड शेयरिङको बिजनेसमा मात्र ध्यान केन्द्रित गरेर आफ्नो मुनाफा बढाउन सक्दछ।
प्रकाशित: ७ माघ २०७६, मंगलवार