चिनियाँ टेक कम्पनी ह्वावे र डिजिटल म्यापिङ नेभीगेसन कम्पनी टमटम बिच सहकार्य

Technology Khabar ७ माघ २०७६, मंगलवार

चिनियाँ टेक कम्पनी ह्वावे र डिजिटल म्यापिङ नेभीगेसन कम्पनी टमटम बिच सहकार्य
Classic Tech

काठमाडौं । चाइनिज स्मार्टफोन मेकर कम्पनि ह्वावे तथा डच नेभिगेसन र डिजिटल म्यापिङ कम्पनी टमटम बिच पार्टनरशिप भएको छ । यस सझौतापछि ह्वावेको स्मार्टफोनमा टमटमको म्याप सर्भीस पाईनेछ । यसको साथै अब दुवै कम्पनिहरु मिलेर म्याप, नेभिगेसन र ट्राफिक इन्फरमेशनको एप तयार गर्नेछन् ।

टमटम कम्पनीका प्रवक्तालाई उदृत गर्दै रोयर्टसले आफ्नो रिर्पोटमा दुबै कम्पनीहरु बिच सम्झौता पक्का भएको उल्लेख गरेको छ, तर यस सम्झौतालाई हाल सार्वजनिक भने गरिएको छैन । त्यहिँ टमटमले नेभिगेशन डिभाइसबाट आफ्नो फोकस डिजिटल म्यापिङ सफ्टवेयर तर्फ सारेको छ । सम्झौतापछि पनि दुबै कम्पनीहरुले आफ्नो भविष्यको योजनालाई पनि सार्वजनिक गरेका छैनन् ।

गूगलको विकल्प खोज्दै हुवावे

अमेरिकाले आफुलाई ब्ल्याक लिस्टमा राखेपछि अमेरिकी प्रविधिका कम्पनीहरुले ह्वावेसँगको कारोवार बन्द गरिदिएका थिए। यसैकारणले चाइनिज कम्पनी गूगलको विकल्पकोरुपमा नयाँ सर्भिस एप खोजिरहेको थियो ।

यसको लागी चिनियाँ कम्पनीले एन्ड्रोयड सिस्टमको बिकल्पकोरुपमा आफ्नै अपरेटिङ सिस्टम हारमोनि ओएस ल्याएको छ भने यसका साथै कम्पनीले गूगल सर्भीसको विकल्प पनि खोजीरहेको थियो । केहि समय अघि कम्पनिले ह्वावे एप ग्यालेरी पनि सार्वजनिक गरेको थियो ।

प्रकाशित: ७ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...