आगजनी र बिस्फोटबाट एनसेलको १०० बढि टावरमा क्षति, कम्पनीले भन्यो- हामीलाई सुरक्षा देऊ

Technology Khabar ७ माघ २०७६, मंगलवार

आगजनी र बिस्फोटबाट एनसेलको १०० बढि टावरमा क्षति, कम्पनीले भन्यो- हामीलाई सुरक्षा देऊ
फाइल

काठमाडौं ।

काठमाडौं । मोबाइल अपरेटर एनसेल प्रालिले आफ्ना टावर तथा कार्यालयहरुमा सुरक्षा जोखिम बढेको भन्दै नेपाल दूरसंचार प्राधिकरणमा निवेदन दिएको छ ।

हालै निरन्तर मोबाइलका टावरहरुमा आगलागी र बिस्फोटका घट्नाहरुमा वृद्धि हुँदैजाँदा एनसेलले आफ्ना भौतिक सम्पत्तिहरुको सुरक्षा गरिदिन भन्दै प्राधिकरणमा निवेदन दिएको हो । यसअघि पनि निवेदन दिएको एनसेलले पुन दोस्रो पटक प्राधिकरणलाई सुरक्षा व्यवस्थामा सहयोग गरिदिन भन्दै अर्को निवेदन दिएको हो ।

गत वर्ष सन् २०१९ र सन्२०२०को हालसम्मको अवधिमा एनसेलका मोबाइल टावरहरुमा निरन्तर आक्रमण हुँदै आएका छन जसले करिब १०० भन्दा बढि टावरहरुमा क्षति पुगेको बताईएको छ । गत वर्ष सन् २०१९मा करिब ८० वटा टावरहरुमा आगजनी तथा बिस्फोट गरेर क्षति गरिएको थियो भने यो वर्षको शुरुवातमा नै अहिलेसम्म डेढ दर्जन भन्दा बढि टावरहरुमा क्षति पूर्याईएको छ । त्यसैगरी गत वर्ष नै एनसेलको मुख्य कार्यालयको ढोका अगाडी बम बिस्फोट गराईएको थियो र त्यसमा १ जनाले ज्यान गुमाएका थिए ।*

अज्ञात समूहले आगजनी र क्षति पुर्याउँदै आएको भनिँदै आएपनि नेपाल कम्युनिष्ट पार्टी विप्लब समूह र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले सो कार्य गरेको अनुमान गरिएको छ ।

एनसेलले समेत सो विषयलाई आफ्नो पत्रमा स्पष्ट उल्लेख गरेको छ, जसमा विप्लब समूह र माओबादी केन्द्रले पटक पटक ठूलो रकम चन्दा माग गरेको उल्लेख छ ।

कम्पनीले पुन त्यस्तो आर्थिक सहयोग माग गरिएको पत्र कम्पनीलाई पठाईएको भन्दै कम्पनीले उद्धेश्य र नीति विपरीत कुनैपनि राजनैतिक दल, दलका भातृ संस्थालाई कुनै प्रकारको सहयोग नगर्ने एनसेलको नीति रहेको जनाएको छ ।

कम्पनीले पटक पटकको आक्रमण र बिस्फोटको कारण आफ्ना कार्यालयहरु, बिटिएस टावरहरु, बिक्रीकक्ष र कर्मचारीहरुको विशेष सुरक्षाको माग समेत गरेको छ ।

एनसेलका टावरहरुमा क्षति हुँदा र सेवाहरु अवरुद्ध हुँदा लाखौं सेवाग्राहीहरुलाई दिईने सेवा प्रभावित भएको छ । यसबाहेक टावरहरुमा क्षति हुँदा त्यसको लागतको आधारमा पुन नयाँ टावर स्थापना गर्नको लागि करोडौं रुपैया नोक्सानी हुने गरेको एनसेलको भनाई छ ।

*सम्पादित

Global Bank
easy care

प्रकाशित: ७ माघ २०७६, मंगलवार

ताजा समाचार