ह्वावेद्धारा क्लाउड र एआई यूनिटलाई बिजनेस ग्रुपमा स्तरोन्नती, अब कोर बिजनेसको रुपमा संचालन

Technology Khabar ७ माघ २०७६, मंगलवार

ह्वावेद्धारा क्लाउड र एआई यूनिटलाई बिजनेस ग्रुपमा स्तरोन्नती, अब कोर बिजनेसको रुपमा संचालन
Classic Tech

काठमाडौं । चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनी ह्वावेले आफ्ना क्लाउड तथा एआई बिजनेस यूनिटलाई अपग्रेड गरेको छ । कम्पनीले आफ्नो क्यारियर, इन्टरप्राइजेज र कन्जुमर बिजनेस ग्रुपको जस्तै क्लाउड र एआईलाई पनि चौथो बिजनेस ग्रुपको रुपमा स्तरोन्नती गरेको हो।
कम्पनीले आगामी दिनमा क्लाउड र एआई बिजनेसलाई थप अगाडि बढाउन सो कदम चालेको बताईएको छ ।

नयाँ बिजनेस ग्रुपलाई संस्थाका क्लाउड एण्ड एआई प्रडक्ट एण्ड सर्भिसेज यूनिटका पूर्व अध्यक्ष होउ जीनलोङ्गले नेतृत्व गर्नेछन् ।

ह्वावेभित्र सन् २०१७ अप्रिलमा स्थापना भएको क्लाउड कम्यूटिंग बिजेनस यूनिटलाई पूर्नसंरचना गरिएको यो चौथो पटक हो । र नयाँ बिजनेस ग्रुपले अब पब्लिक क्लाउड, प्राइभेट क्लाउड, बिज डाटा, एआई, कम्यूटिंग, स्टोरेज र आईओटी सर्भिसहरु समावेश गर्ने डिजीटाइम्सको रिपोर्टमा उल्लेख छ ।

यसअघि सन् २०१९ अप्रिलमा कम्पनीले क्लाउड ओन्ली रणनीति सार्वजनिक गरेको थियो र आफ्ना सम्पूर्ण स्रोतहरुलाई क्लाउडमा लाने उल्लेख गरेको थियो ।

चीनको मिनिस्ट्री अफ इण्डस्ट्रि एण्ड इन्फर्मेशन टेक्नोलोजीको तथ्यांकअनुसार १० लाख अतिरिक्त इन्टरप्राइजेजहरुले चीनमा उनीहरुको उत्पादन, संचालन र व्यवस्थापनलाई सन् २०२० भित्र क्लाउड कम्यूटिंगमा लैजानेछन् ।

ह्वावेको क्लाउड बिजेनसका साथमा चीनमा पाँचौं ठूलो पब्लिक क्लाउड अपरेटर हुन पुगेकोछ, चीनमा सो भन्दा अगाडि अलिबाबा, टेनसेन्ट, चाइना टेलिकम र अमेजन वेब सर्भिसेज रहेका छन् । यी ५ कम्पनीहरुले सन् २०१९ को पहिलो चौमासिकमा चीनको ५.४२ अर्ब डलर बराबरको आईएएएस, पीएएएस, एसएएएस मार्केटको ७५ प्रतिशत हिस्सा लिएको आईडिसीको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित: ७ माघ २०७६, मंगलवार

Comments are closed.

Loading...