Technology Khabar ७ माघ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । भीभोको सब ब्राण्डको रुपमा रहेको आईक्यू स्मार्टफोन ब्राण्डले अब स्वतन्त्ररुपमा आफ्ना डिभाइसहरु ल्याउने तयारी गरेको छ ।
हाल चिनियाँ बजारमा मात्र सिमित रहेको आईक्यू सब ब्राण्डअन्तरगत कम्पनीले गेमिंग स्मार्टफोनहरु लन्च गरिरहेको छ ।
तर अब भने भीभोले सो सब ब्राण्डलाई स्वतन्त्ररुपमा संचालन गर्न दिने भएको छ र सो ब्राण्डअन्तरगत छिट्टै आइक्यूले नयाँ स्मार्टफोनहरु लन्च गर्न लागेको छ ।
आईक्यू ब्राण्डले अब भने चीनभन्दा बाहिर सबैभन्दा पहिलो भारतीय बजारमा स्वतन्त्र ब्राण्डको रुपमा आफ्ना स्मार्टफोनहरु लन्च गर्नेछ । कम्पनीले आईक्यू ३ नियो र आईक्यू ३ लन्च गर्ने तयारी गरेको हो । आईक्यूले भारतमा आउँदो मार्चमा आफ्ना डिभाइसहरु लन्च गर्ने रिपोर्टमा बताईएको छ ।चीनको बजारमा भने आईक्यू प्रिमियम ब्राण्डको रुपमा रहनेछ । तर भारतको लन्चिंग घोषणा भने आईक्यूलाई छुट्टै ग्लोबल ब्राण्डको रुपमा घोषणाको रुपमा हेरिएको छ ।
आईक्यूले यसअघि नै ६ वटा डिभाइसहरु लन्च गरिसकेको छ । आईक्यूको घोषणा यस्तो बेलामा हुँदैछ, जहाँ भारतीय बजारलाई नै ध्यानमा राखेर अर्को चिनियाँ कम्पनी शाओमीले आफ्नो सब ब्राण्ड पोकोलाई स्वतन्त्र ब्राण्डको रुपमा घोषणा गरेको थियो । एजेन्सी
प्रकाशित: ७ माघ २०७६, मंगलवार