Technology Khabar ७ माघ २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । ह्याकरहरुले इन्टरनेट अफ थिंग्स(आईओटि) डिभाइसहरुको सर्भर, राउटरका ५ लाख भन्दा बढि पासवर्डहरु ह्याक गरेर बेच्न राखेका छन् । हालै एक ह्याकरले आईओटि डिभाइसको यूजरनेम्स र पासवर्डहरु डार्कवेबमा बेच्न राखेपछि सो खुलासा भएको हो ।
ह्याकरहरुले घर तथा कार्यालयहरुमा प्रयोगमा रहेका ती आईओटि डिभाइसहरुमा मालवेयर इन्स्टल गर्न सक्ने संभावना रहेको छ ।
आक्रमणकारीहरुले यसका साथै ती प्रभावित भएका डिभाइसहरुलाई रिमोट कन्ट्रोल गर्न सक्ने संभावना पनि रहेको छ । हालै केहि समयअघि अमेजनको रिंग सेक्यूरिटीमा यस्तै घट्ना घटेको थियो ।
लीक गरिएका ५ लाख १५ हजार डाटाहरुमा प्रत्येक डिभाइसको आईपी एड्रेस पनि समावेश रहेको छ । ह्याकरले टेलनेट पोर्टमा रहेका सम्पूर्ण आईओटी डिभाइसहरुलाई स्क्यानिंग गरेर लिस्ट तयार पारेको बताईएको छ ।
यस्तो लिस्टलाई बोट लिस्ट भनिन्छ र यो आईओटी बोटनेट अपरेशनको को सामान्य कम्पोनेन्ट हो । ह्याकरहरुले बोट लिस्ट तयार पार्न इन्टरनेट स्क्यान गर्ने गर्दछन, ती लिस्टहरुको प्रयोग ती डिभाइसहरुमा कनेक्ट गर्न तथा मालवेयर राख्नको लागि प्रयोग गर्दछन् ।
ह्याकरले लीक गरेका यूजरनेम र पासवर्डहरु सन् २०१९ अक्टोबर नोभेम्बर महिनाअन्तरगतका रहेका छन् ।
यसअघि पनि टेलटेन क्रेडेन्सियलअन्तरगतका ३३ हजार होम राउटरका पासवर्डहरु लीक भएका थिए । एजेन्सी
प्रकाशित: ७ माघ २०७६, मंगलवार