सामसङले स्मार्टफोन डिस्प्लेको प्लान्ट स्थापना गर्न भारतमा ५०० करोड डलर लगानी गर्दै

Technology Khabar ६ माघ २०७६, सोमबार

सामसङले स्मार्टफोन डिस्प्लेको प्लान्ट स्थापना गर्न भारतमा ५०० करोड डलर लगानी गर्दै

काठमाडौं ।

काठमाडौं । भारतीय बजारमा कुनै बेला एकछत्र राज गरेको मोबाइल कम्पनी सामसङले भारतको राजधानीको सीमामा स्मार्टफोनको डिस्प्ले प्लान्ट स्थापनाको लागी ५०० करोड डलर लगानी गर्ने भएको छ ।

कम्पनीले यस महिनाको शुरुमा स्थानिय नियामकलाई लगानी फाइल पेस गरेपछि यसको खुलासा भएको हो । दक्षिण कोरियाली कम्पनीको सो प्लान्टले स्मार्टफोनको डिस्प्लेसँगै अन्य धेरै इलेक्ट्रोनिक्स उपकरणहरु उत्पादन गर्ने जनाएको छ ।

कम्पनीले फाइलिङमा यस प्लान्टको लागी आफ्नो नोयडामा रहेको उद्योग परिसरबाट केहि जग्गा छुट्याइएको बताएको छ ।

सन् २०१८ मा सामसङले नोयडामा एक फ्याक्ट्री खोलेको थियो । जसलाई कम्पनीले विश्वकै सबैभन्दा ठुलो मोबाइल उत्पादन गर्ने प्लान्ट भएको दाबी गरेको थियो । त्यस्तै उक्त फ्याक्ट्रीको लागि कम्पनीले ७०० करोड डलर खर्चेको थियो ।

नयाँ प्लान्टले सामसङलाई स्थानियरुपमा स्मार्टफोनका सामग्रीहरु उत्पादन गर्न सहयोग पुग्दछ र यसबाट भारतले करकोरुपमा समेत ठुलो रकम पाउनेछ । यी सहयोगबाट कम्पनीले स्थानिय बजारमा शाओमीलाई कडा टक्कर दिन सक्नेछ । शाओमी त्यहि ब्राण्ड हो जसले भारतीय बजारमा सामसङको पहिलो स्थान खोसेको थियो ।

हाल सामसङ भारतको दोस्रो ठुलो स्मार्टफोन कम्पनी हो । भारत करिब ५०० करोड स्मार्टफोन प्रयोगकर्तासँगै विश्वकै दोस्रो ठूलो बजार हो । पछिल्लो महिना भारतमा चाइनिज ब्रान्ड रियलमीले पनि आफ्नो मार्केट शेयर बढाउँदै गएको छ । जसलाई दक्षिण कोरियाली कम्पनीले गूमाउँदै गएको विश्लेषकहरु बताउँछन् ।

Sajilo Visa

प्रकाशित: ६ माघ २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार