भारतीय मोबाइल प्रयोगकर्ताको खर्च ३० प्रतिशतले बढ्न सक्ने, टेलिकम शुल्क अझै बढ्ने विश्लेषण

Technology Khabar ६ माघ २०७६, सोमबार

भारतीय मोबाइल प्रयोगकर्ताको खर्च ३० प्रतिशतले बढ्न सक्ने, टेलिकम शुल्क अझै बढ्ने विश्लेषण
सांकेतिक

काठमाडौं । विश्वमै सस्तो मोबाइल तथा इन्टरनेट सेवा भएको देश भनेर चिनिने भारतमा सन् २०२० को वर्षमा भने मोबाइल सेवा महंगो हुने भएको छ । यसवर्ष भारतीय मोबाइल प्रयोगकर्ताको बिल अझ बढ्ने सक्ने भएको छ ।

हालै प्रकाशित रिपोर्टअनुसार इन्डस्ट्री एग्जिक्युटिभ्स र एनालिस्ट्सहरुले टेलिकम कम्पनीहरुले मोबाइल ट्यारिफमा २५–३० प्रतिशतले वृद्धि गर्न सक्ने अनुमान गरेका छन् । विज्ञहरुको अनुसार पनि टेलिकम कम्पनीहरुको एभरेज रेभेन्यु पर यूजर (एआरपीयु) मा अझैपनि धेरै वृद्धि भएको छैन । यसबाहेक भारतमा टेलिकम सर्भिसेजमा सब्सक्राइवरहरुको कुल खर्च अन्य देशहरुको तुलनामा धेरै कम रहेको छ ।

भोडाफोन–आइडिया र भारती एयरटेलको एडजस्टड ग्रस रेभेन्यु (एजिआर)को बक्यौता रकमको रुपमा ठुलो रकम भुक्तान गर्न बाँकी रहेको छ । यी कम्पनीहरुलाई आफ्नो वित्तीय अवस्थामा सुधार गर्नको लागी ट्यारिफ बढाउन पर्ने बाध्यता रहेको छ ।

अर्कोतर्फ विज्ञहरुले भोडाफोन–आइडियाको समस्याहरु अन्यको भन्दा धेरै रहेकोले कम्पनी भारतीय बिजनेसबाट बाहिर हुन सक्ने पनि आशंका गर्दछन । यदि यस्तो भएमा भारतीय टेलिकम मार्केटलाई भारती एयरटेल र रिलायन्स जियो मात्रैले धान्ने छन् ।

आईआईएफएच सेक्योरिटीका डाइरेक्टर सन्जिव भसीन पछिल्लो तीन वर्षमा प्रयोगकर्ताहरुको टेलिकमसँग जोडिएको सेवाहरुको खर्चमा कमी आएको र यसैकारण टेलिकम कम्पनीहरुले यसवर्ष ट्यारिफमा ३० प्रतिशत सम्मको बढेत्तरी गर्न सक्ने बताउँछन् ।

भारती एयरटेल, भोडाफोन आइडीया र रिलायन्स जियोले गतवर्षको अन्त्यमा प्रीपेड ट्यारिफ १४–३३ प्रतिशतसम्म बढाएका थिए । यो तीन वर्षपछिको पहिलो बढोत्तरी थियो । यसबाट यी कम्पनीहरुको एआरपीयू मौजुदा १२० भारुबाट बढेर आउँदो केहि चौमासिकमा १६० भारु मा पुग्न सक्दछ । तर भोडाफोन आइडियालाई यदि बक्यौता रकममा सरकारबाट राहत नमिलेमा यसका लागी समस्या अझ बढ्न सक्नेछ, र कम्पनीले चाँडै अर्को चरणको ट्यारिफ बढाउनु पर्नेछ ।

ट्यारिफमा हालको वृद्धिको बावजुद सब्सक्राइवहरुले संचार आवश्यकतामा प्रति व्यक्ति आम्दानीको ०.८६ प्रतिशत मात्रै खर्च गरिरहेका छन् । जुन भारतमा पछिल्लो चार वर्षको तुलनामा निकै कम हो । विश्लेषकहरुका अनुसार भारतमा संचारमा प्रयोगकर्ताको खर्च अमेरिका, ब्रिटेन, सिगांपुर, चीन, फिलिपीन्स, जापान र अस्ट्रेलियाभन्दा निकै कम हो ।

तीन वर्ष पहिले भारतीय टेलिकम बजारमा जियोको प्रबेश पछि मोबाइल इन्टरनेट प्रयोगमा निकै वृद्धि भएको छ । डाइरेक्टर भसिन प्रयोगकर्ताहरु अब डाटामा केहि बढी खर्च गर्न नहिच्कीचाउने बताउँछन् ।

एक्सपर्टहरुकाअनुुसार ट्यारिफमा हुने बढोत्तरीमा भोडाफोन आइडियाको भविष्य निर्धारण हुने बताउँछन् । भोडाफोन आइडीयाले भारतिय सुप्रीम कोर्टमा निवेदन दायर गर्नुको अलावा अन्य बिकल्पमा पनि विचार गरिरहेको जनाएको छ । एजेन्सी

प्रकाशित: ६ माघ २०७६, सोमबार

Comments are closed.

Loading...