यस्तो डिजाइनमा आउँछ ह्वावेको फ्ल्यागशिप स्मार्टफोन पी४० प्रो, पेन्टा रियर क्यामरा सेटअप

Technology Khabar ६ माघ २०७६, सोमबार

यस्तो डिजाइनमा आउँछ ह्वावेको फ्ल्यागशिप स्मार्टफोन पी४० प्रो, पेन्टा रियर क्यामरा सेटअप

काठमाडौं ।

काठमाडौं । पछिल्लो केहि महिनाबाट चिनियाँ कम्पनी ह्वावेको अपकमीङ फ्ल्यागशिप स्मार्टफोन ह्वावे पी४० र ह्वावे पी४० प्रो को चर्चा चल्दै आएको छ । ह्वावेले आफ्नो हाई एन्ड पी सीरीजको स्मार्टफोनको क्यामरामा निकै फोकस गरेको छ र यहि कारणले वर्ष २०२० मा लन्च हुने ह्वावे पी४० र ह्वावे पी४० प्रो बाट सबै ह्वावे लवर्स हरुको ठेलो आशा रहेको छ ।

हाल यस दुबै स्मार्टफोनका रेन्डर्सलाई सार्वजनिक रुपमा पेस गरिएको छ । स्मरण रहोस यी दुबै स्मार्टफोनलाई आउँदो मार्चमा सार्वजनिक गरिने छ ।

ह्वावे पी४० र पी४० प्रो रेन्डर्सको रिर्पोट्स अगाडी आएको छ । जसको अनुसार पी४० प्रो मा पेन्टा रियर क्यामरा सेटअप देखिएको छ । क्यामरा बाहेक स्मार्टफोनको डिस्प्ले बारेमा पनि केही जानकारी आएको छ । पी४० प्रो लाई लिएर टिप्स्टर रेन्डेन्ट९५० को दाबी अनुसार यसमा क्वाड कर्व्ड डिस्प्ले हुने छ । लीकजानकारी अनुसार पी ४० प्रोमा नोच स्क्रीन नभइ यो स्मार्टफोन पाँचहोल डिस्प्लेमा रहने छ ।

टिप्स्टर को मुताबिक, यदी पी४० प्रो लाई पी३० प्रोसँग दाज्ने हो भने यसको स्क्रीन कभरेज उच्च रहेको छ । टिप्स्टरले लन्चिङपछी पी४० प्रो को केहि भेरियन्ट्स सेरामिक बिल्टयुक्त हुनेछ जबकी आम भेरियन्ट्समा ग्लास बिल्ड भएको हुन्छ ।

ह्वावे पी४० मा क्वाड रियर क्यामरा सेटअप हुन सक्नेछ । स्मार्टफोनको दुई रेन्डर्स आगडी आएको छ । यसको पहिलो रेन्डर्सलाई ९१ मोबाइल्सले शेयर गरेको थियो । यद्पी यसको रियरमा ट्रिपल क्यामरा सेटअप देखिएको छ । तर पनि जानकारी अनुसार यसमा क्वाड क्यामरा हुने सम्भावना निकै रहेको छ ।

यो स्मार्टफोन लाइकासँग पार्टनरशिपमा बनेको क्यामराको साथ आउनेछ । स्मरण रहोस ह्वावेको पी सीरीज र मेट सीरीज लाइकासँगको पार्टनरशिपमा पेश गरिएको थियो ।

यदी रेन्डर्सलाई ध्यान दिने हो भने स्मार्टफोनको डिस्प्लेमा पाँच होल कटआउट रहेको छ जसमा ड्युअल सेल्फी क्यामरा हुनेछ भने यसको डिस्प्ले फ्ल्याट हुनेछ ।

त्यस्तै अपकमिङ स्मार्टफोन ह्वावे पी४० को रेन्डर्स शेयर भएको छ । यो रेन्डर्स टीपीयू कभरको हो । रेन्डर्समा स्मार्टफोनको ब्याक प्यानलमा एल शेप बनेको छ जसमा क्वाड क्यामरा सेटअप अलाइन गरिएको छ । यस बाहेक स्मार्टफोनको फ्रन्ट प्यानलमा पाँच होल मा सिंगल क्यामरा सेटअप रहेको छ ।

Global Bank
easy care

प्रकाशित: ६ माघ २०७६, सोमबार

ताजा समाचार