सामसङको ग्यालेक्सी एस२० स्मार्टफोनमा ५एक्स जुम क्यामरा राखिने, एस२० अल्ट्रा पनि आउने

Technology Khabar ६ माघ २०७६, सोमबार

सामसङको ग्यालेक्सी एस२० स्मार्टफोनमा ५एक्स जुम क्यामरा राखिने, एस२० अल्ट्रा पनि आउने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नयाँ फ्ल्यागशिप स्मार्टफोन लन्च गर्ने तयारीमा रहेको दक्षिण कोरियाको टेक कम्पनी सामसङले आफ्नो योजनामा बदलाव गरेको छ । वास्तवमा सामसङले ११ फरवरीमा आफ्नो एस११ को ठाउँमा नयाँ पुस्ताको स्मार्टफोन ग्यालेक्सी एस२० लाई लन्च गर्ने तयारीमा रहेको छ ।

हालै आएको खबर अनुसार अपकमीङ नयाँ स्मार्टफोनको खासकुरा भनेको यसमा रहेको ५एक्स अप्टिकल जूम क्यापाबिलीटी हुनेछ ।

केहि समय अघि यूट्यूबमा सामसङ नामको एक च्यानलले एक भीडियो पोस्ट गरेको थियो । जसमा सामसङ अपकमीङ फोनमा ५एक्स जूम रहने बताइएको थियो । खबर अनुसार ओपो कम्पनीको ओपो रेनो १०एक्स जूमको लागि प्रीज्मको सप्लाई गर्ने कम्पनी ओपट्रनले अब सामसङलाई पनि ५एक्स अप्टिकल जूमको सप्लाई गर्नेछ।

पछिल्लो दिनहरुमा प्रीमियम फोनमा ५एक्स जूम क्यामरा ज्यादा पपुलर भएको छ । निर्माताहरुले यसको माग र बिक्रीमा वृद्धि हुने भविष्यवाणी गरेको छन् । आउँदो एस२० लाइनअपमा १२० हर्ज डिस्प्ले रिफ्रेश रेटको सुबिधा हुने अड्कल गरिएको छ।

यसका साथै सामसङ ग्यालेक्सी एस२० अल्ट्राको फिचर लिक भएको छ । ग्यालेक्सी एस२० को लीक भएको फोटोबाट फोनको डिजाइनबारे पत्ता लागेको छ । यसको पछाडि एक क्वाड क्यामरा सेटअप रहने छ । यस सेटअपमा माइक्रोफोन होल हुनुका साथै एक एलइडी फ्ल्यास यूनिट पनि हुनेछ । साथै यसमा फ्रन्ट पाँचहोल क्यामरा र स्मार्टफोनको राइट साइडमा भोल्युम रकर र पावर बटन पनि रहने लिक फोटोले देखाउदछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: ६ माघ २०७६, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार