जापानले ६जी प्रविधिको विकास गर्न लगानी गर्ने, सन् २०३० भित्र ६जी प्रविधि हासिल गर्ने योजना

Technology Khabar ६ माघ २०७६, सोमबार

जापानले ६जी प्रविधिको विकास गर्न लगानी गर्ने, सन् २०३० भित्र ६जी प्रविधि हासिल गर्ने योजना

काठमाडौं । विश्वभर भर्खरै ५जी प्रविधि र नेटवर्कको शुरुवात भईरहेको बेलामा विभिन्न देशहरुले अर्को पुस्ताको प्रविधि अर्थात ५जी प्रविधिको अनुसन्धान शुरु गरिसकेका छन् । सोहि दौडमा जापान पनि लागेको छ ।

हालै जापानले सरकारी र नागरिक सहकार्यमा पोस्ट ५जी अर्थात ६जी टेक्नोलोजीको लागि रणनीति तयार पारेको छ ।

सो रणनीतिअनुसार जापानले सन् २०३० भित्र ५जी भन्दा १० गुणा तिब्रकिसिमको कम्युनिकेशन स्पीड हासिल गर्ने लक्ष्य लिएको छ ।

जापान बाहेक चीन, दक्षिण कोरिया, फिनल्याण्डलगायतले पनि अनुसन्धान र विकासको कार्य तिब्र गर्दैछन भने त्यसमा लगानी गरेका छन् ।

यदि तपाईँले कम्युनिकेशन स्ट्याण्डर्डको आधारमा पेटेन्ट पाउनुभयोभने त्यसबाट उपकरणहरु र सफ्टवेयर बेचेर ठूलो नाफा कमाउन सक्नुहुन्छ । जापान ५जी टेक्नोलोजीको विकासमा सुस्त भएपनि अबको क्रममा भने अगाडी जान चाहन्छ ।

मिनिस्ट्री अफ इन्टरनल अफेयर्स एण्ड कम्युनिकेशन अफ जापानले यहि जनवरीमा नै सरकारी र नागरिकहरुको संयुक्त अनुसन्धान समाज गठन गर्नेछ । यसमा एनटिटि डोकोमो र तोसिबाका प्रतिनिधिहरु हुनेछन र उनीहरुले ६जीको लक्ष्यहरु र नीतिगत सहयोग जून महिनासम्म रणनीतिक सारांश तयार पार्नेछन् ।

जापानले सरकारको लगानीमा नै ६जी प्रविधको विकास र प्रबद्र्धन गर्नेछ ।

सिक्सजीको विकासले उच्चगतिको संचार प्रविधिको विकास गर्नेछ र यसमा धेरै देखिने वा नदेखिने विषयहरुको संभावना रहेको छ । ६जी अहिलेको ५जी भन्दा १० गुणा तिब्र विकास गर्ने जापानको तयारी भएपनि त्यो भन्दा पनि तिब्र हुनसक्नेछ । तर जापानले भने नेटवर्क स्पीडमा केन्द्रित भएर अध्ययन गर्ने बताईएको छ जसले ठूलो मात्रामा डाटाहरु एकैपटक पठाउन सकियोस र प्रयोगमा नआएका रेडियो हाई फ्रिक्वेन्सीको प्रयोग गर्न सकियोस् ।

जापानमा ठूला टेलिकम अपरेटरहरुले २०२० को पहिलो चौमासिक भित्र ५जी सेवाहरु लन्च गर्नसक्नेछन् । एजेन्सी

प्रकाशित: ६ माघ २०७६, सोमबार

Comments are closed.

Loading...