ई–कमर्स वेबसाइटमा कारोबार गर्दा सुरक्षित रहने उपायहरु यस्ता छन्

Technology Khabar ६ माघ २०७६, सोमबार

ई–कमर्स वेबसाइटमा कारोबार गर्दा सुरक्षित रहने उपायहरु यस्ता छन्
Classic Tech

काठमाडौं । धेरैजसो ई–कमर्स प्लेटफर्महरु सानो देखी मध्यम आकारका बिजनेस विकास र वृद्धि गर्न अनेक मौकाको रुपमा हुन्छन । सानो देखी मध्यम आकारका इन्टरप्राइजेजसँग यी वेबसाइटमा एकाउन्ट बनाउन र पेमेन्ट लिनको लागी कयौं अवसर हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाईदा विश्वभरबाट कुनैपनि समयमा क्रेताहरुले तपाईँको समान किन्न सक्दछन् ।

यहि सम्भावनाको बिच यी साइट्समा साइबर क्राइम र अनलाइन ठगी पनि धेरै मात्रामा हुने गर्दछ । यस्ता इकमर्श वेबसाइहरुबाट तपाईँको कम्पनी वा कस्टमरको व्यक्तिगत जानकारीहरु चोरी समेत हुने गर्दछ जसले तपाईँलाई भविश्यमा समस्या ल्याउन सक्दछ ।

त्यसैले यस्तोमा आफ्नो एकाउन्ट, कस्टमर्स र डाटालाई सुरक्षित राख्नको लागी तपाईँले केहि उपायहरु अपनाउन सक्नुहुन्छ ।

एचटीटीपीएस वा एसएसएलको प्रयोग

यो एक तरिकाको अनलाइन प्रोटोकल हो जो इन्टरनेटमा हुने कम्युनिकेसन्सलाई सुरक्षित बनाउँछ । ग्रीन लक आइकनको माध्यमबाट यो थाहा पाउन सकिन्छ कि तपाई जुन वेबसाइट प्रयोग गर्दै हुनुहुन्छ, त्यो आधिकारीक र सुरक्षित छ वा छैन । यसको अर्थ जुन वेबसाइटमा यसको मार्क रहेको हुन्छ उक्त वेबसाइट सुरक्षित रहेको छ । यसको लागी बिजनेसेहरुलाई एक सेक्योर सर्किट लेयर सर्टिफिकेट लिनु पर्दछ ।

सेक्योर प्लेटर्फमको छनोट

ईनक्रिप्टेड पेमेन्ट गेटवेज, एसएसएल सर्टिफिकेट्स र सोलिड अर्थोटिकेशन प्रोटोकल्स भएका प्लेटफर्मलाई मात्रै छनौट गर्ने गरौँ । क्लाउड बेस्ड सेक्योरिटी छनौट गर्नुपनि बुद्धिमानी हुनेछ ।

संवेदनशिल डाटा स्टोर नगरौँ

कस्टमरको पर्सनल डाटा वा उनीहरुको प्राइवेसीलाई मेन्टेन गर्नु तपाईँको जिम्मेवारी हुनुका साथै यो बिजनेसको महत्वपुर्ण हिस्सा पनि हो । त्यसैले कस्टमरसँग जोडिएको कुनैपनि संवेदनशिल र व्यक्तिगत डाटालाई स्टोर नगरौँ । डाटालाई ह्याकिङ, फिसिङ र साइवर अट्याक्सबाट बचाउनुहोस ।

प्रकाशित: ६ माघ २०७६, सोमबार

Comments are closed.

Loading...