यस्तो छ २ लाख रुपैयाँभन्दा धेरै मूल्य भएको स्मार्ट पंखा, आवाजद्धारा नियन्त्रण गर्न सकिने

Technology Khabar ६ माघ २०७६, सोमबार

यस्तो छ २ लाख रुपैयाँभन्दा धेरै मूल्य भएको स्मार्ट पंखा, आवाजद्धारा नियन्त्रण गर्न सकिने

काठमाडौं ।

काठमाडौं । फीचर फोनबाट हामी स्मार्टफोनतर्फ शिफ्ट भयौं र अहिले स्मार्टफोनको प्रयोग निरन्तर बढिरहेको छ । यसबाहेक नयाँ स्मार्ट डिभाइसहरु पनि बजारमा निरन्तर आईरहेका छन् । अब भने तपाईँ कोठाको सीलिंगमा पनि स्मार्ट पंखा लगाउन सक्नुहुनेछ ।

लग्जरी पंखा बनाउने भारतीय कम्पनी ‘लग्जेइर’ (Luxaire) ले आफ्नो पहिलो आईओटी कनेक्सन भएको स्मार्ट फ्यान सार्वजनिक गरेको छ । कम्पनीले यस स्मार्टफोनको नाम लग्ज ५१३० राखेको छ । आश्चर्यको कुरा यसको मुल्य मात्रै २ लाख रुपैयाँ माथी रहेको छ ।

यसको मूल्यबाट नै थाहा हुन्छ की यो विशेष किसिमको र परम्परागत सिलिंग फ्यान भन्दा फरक छ ।

लग्जेइरले यस स्मार्टपंखाको मुल्य २ लाख रुपैयाँ राखेको छ । यस पंखामा १० वर्षको मोटर वारेन्टी रहेको छ । जुन इन्डस्ट्रीमा सबैभन्दा धेरै लामो अवधिको वारेन्टी रहेको कम्पनीको दाबी छ ।

लग्ज ५१३० पंखा उडन ब्लेड डिजाइन, ग्लास र प्रीमियम फिनिशयुक्त छ भने यस पंखामा ४ वटा ब्लेड जडान गरिएको छ । यो ह्वाइट मोटरसँगै म्याट ह्वाइट ब्लेड तथा ब्ल्याक मोटर र वालनट कलर ब्लेडमा उपलब्ध रहेको छ ।

यस पंखालाई प्रयोगकर्ताले विज्ज(WiZ) सिस्टमबाट कन्ट्रोल गर्न सक्दछन । अर्थात प्रयोगकर्ताले यसलाई बोलेर कन्ट्रोल गर्न सक्दछन् । यस स्मार्ट पंखाले एलेक्सा, गूगल असिस्टेन्ट र सीरीलाई सर्पोट गर्दछ । कम्पनीको अनुसार प्रयोगकर्ताले यसलाई आफ्नो रिमोटबाट टिभी कन्ट्रोल गरेझै कन्ट्रोल गर्न सक्दछन् ।

पंखामा रहेको मोटरपछाडी एलइडी लाइट रहेको छ जुन २० वाटको वार्म ह्वाइट ३००के एलइडी लाइटसँगै आउँदछ । कम्पनीकाअनुुसार पंखा २१८आरपीएम को टप स्पीडमा हुनेछ । साथै अरु पंखाको तुलनामा ७० प्रतिशत इनर्जी बचाउने कम्पनीको दाबी छ ।

easy care

प्रकाशित: ६ माघ २०७६, सोमबार