शाओमीको प्रीमियम सीरीजको स्मार्टफोन चाँडै आउँदै, बजारमा वानप्लसलाई टक्कर दिने

Technology Khabar ६ माघ २०७६, सोमबार

शाओमीको प्रीमियम सीरीजको स्मार्टफोन चाँडै आउँदै, बजारमा वानप्लसलाई टक्कर दिने
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीको लागि विश्वको दोस्रो ठूलो मोबाइल बजार भारत निकै उपयुक्त बजार भएको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर आफ्ना उत्पादनहरु सार्वजनिक गर्दै आएको छ भने सबैभन्दा पहिले चीनपछि भारतमा नै आफ्ना डिभाइसहरु लन्च गर्ने गर्दछ । त्यसपछि मात्र अन्य बजारहरुमा शाओमीका डिभाइस उपलब्ध हुने गरेका छन् ।

आफ्नो बजेट मोबाइल फोन भनेर चिनिने चिनियाँ मोबाइल ब्राण्ड शाओमी आफ्नो मार्केट अझ बढाउने तयारी गरिरहेको छ । कम्पनीले एमआई सीरीज ल्याएपछि शाओमीले अब चाँडै नै आफ्नो प्रीमियम सीरीज ल्याउने तयारीमा रहेको छ । जसले कम्पनीको प्रमुख बजार भारतसहित अन्य देशहरुमा बजार बढाउन अझ मदत पुग्ने छ ।

शाओमीको यस प्रीमियम सीरीज आएपछि अर्को चिनियाँ कम्पनी वानप्लसले कडा टक्कर पाउने अनुमान गरिएको छ । अहिलेसम्म वानप्लसलाई एप्पलले मात्र भारतीय बजारमा टक्कर दिइरहेको छ । अब शाओमीको प्रीमियम सीरीज आएपछि वानप्लसलाई बजारमा मुस्किलको सामना गर्नुपर्ने हुनसक्छ । वानप्लसको फोन ३५ हजार रुपैया भारुबाट सुरु हुन्छ । त्यहिँ शाओमीले पनि यसै रेन्जको ह्यान्डसेट ल्याउने तयारी गरिरहेको छ । यस्तोमा वानप्लसलाई कडा टक्करको सामना गर्नुपर्ने देखिन्छ ।

शाओमी इन्डीयाका अनलाइन मार्केट हेड रघु रेड्डीले एक च्यानललाई शाओमीले यस वर्ष ३५,००० देखी ५०,००० मूल्य रेन्जको स्मार्टफोन लन्च गर्ने बताए । उनले यस वर्ष शाओमीले भारतमा एमआई सीरीजलाई अघि बढाउने र ग्राहकहरुलाई एडभान्स टेक्नोलोजीसँगै सही मुल्यमा राम्रो ह्यान्डसेट उपलब्ध गराउने जानकारी दिए । एजेन्सी

प्रकाशित: ६ माघ २०७६, सोमबार

Comments are closed.

Loading...