गूगलद्धारा क्रोम एप्स सर्पोट बन्द गर्ने घोषणा, सन् २०२२ जून महिनासम्मको टाइमलाइन

Technology Khabar ५ माघ २०७६, आईतवार

गूगलद्धारा क्रोम एप्स सर्पोट बन्द गर्ने घोषणा, सन् २०२२ जून महिनासम्मको टाइमलाइन
Classic Tech

काठमाडौं । गूगलले क्रोम एप्स बन्द गर्ने भएको छ । कम्पनीले यी एप्स आउँदो समयमा सबै प्लेटर्फममा काम गर्न बन्द हुने घोषणा गरेको छ । अब गूगलले क्रोम वेब स्टोरको ठाउँमा नयाँ सबमिशन पनि लिने छैन यद्पी यसको मतलब यो अहिले नै पुर्ण रुपमा बन्द हुने होईन् ।

आउँदो मार्च २०२० बाट कम्पनीले यो घोषणा कार्यान्वयनमा ल्याउने छ अर्थात मार्चबाट सबमिशन बन्द हुनेछ । सबमिशन बन्द भएमा डेभलपर्सले यस प्लेटर्फममा नयाँ एप्स ल्याउन सक्दैनन् तर पुराना एप्स भने अझै चलि रहनेछन । डेभलपर्सले २०२२ जूनसम्म यी एप्समा अपडेटहरु जारी राख्नेछन् ।

गूगलले यो एप्स कहिले बाट काम गर्दैन् भन्ने कुरामा टाइमलाइन जारी गरेको छ । जुन २०२२ पछि गूगल क्रोमले काम नगर्ने गूगलले जनाएको छ । यदी तपाईलाई क्रोम एप्सको बारेमा जानकारी छैन भने यो एक वेबमा आधारित एप्स हो जसलाई तपाई क्रोममा इन्स्टल गर्न सक्नुहुनेछ । गूगलकाअनुसार क्रोम एप्सलाई अब वेब एप्सबाट रिप्लेश गरिने छ ।

गूगलले विन्डोज, म्याक र लिनक्स जस्ता सबै ठाउँबाट क्रोमको सर्पोट जुन २०२० बाट बन्द गरिने उल्लेख गरेको छ । यद्पी एजुकेशन र इन्टरप्राइज कस्टमर्सको लागी यसले डिसेम्बरसम्म सर्पोट गर्नेछ ।

गूगल क्रोम एप्स आमरुपमा मानिसहरुले ज्यादा प्रयोग गर्दैनन् । गूगल क्रोमको एउटा आफ्नो छुट्टै स्टोर रहेको छ जहाँ यो एप्स उपलब्ध छ । गूगल क्रोममा एक्स्टेन्सन पनि हुन्छ जुन गूगल क्रोम एप्स जस्तै हुन्छ ।

प्रकाशित: ५ माघ २०७६, आईतवार

Comments are closed.

Loading...