Technology Khabar ५ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । मोबाइल फोन निर्माता कम्पनी ह्वावे मोबाइल वल्र्ड कांग्रेस (एमडब्लुसी) २०२० मा आफ्नो नयाँ फोल्डेवल स्मार्टफोन मेट एक्स एस सार्वजनिक गर्ने तयारीमा रहेको छ ।
ह्वावेको यो स्मार्टफोन मेट एक्स स्मार्टफोन भन्दा सस्तो मूल्यको हुनेछ । रिर्पोट अनुसार यो फोल्डेवल स्मार्टफोनमा राम्रो हिन्ज डिजाइन र बलियो डिस्प्लेको साथ ल्याइनेछ ।
रिर्पोटको अनुसार कम्पनीले आफ्नो पहिलेको फोनको तुलनामा यस नयाँ स्मार्टफोनमा कयौँ एडजस्टमेन्ट गरेको छ ।
हाल चीनमा मात्रै बिक्रीको लागी उपलब्ध मेट एक्स त्यहाँ १६,९९९ युआन वा २,४०० डलरमा बिक्री हुन्छ जसअनुसार यो स्मार्टफोन सामसङको फोल्डेवल स्मार्टफोन भन्दा मह्ङगो पर्दछ । तर ह्वावेको नयाँ स्मार्टफोन मेट एक्स एस अहिलेको मेट एक्सको तुलनामा छोटो हुनेछ; डिस्प्लेको डिजाइन भने एउटै रहनेछ ।
ह्वावे कन्जुमर ग्रुपका सिइओ रिचर्ड यु का अनुसार यस फोल्डेवल फोन कयौं सुधार सहित आउने बताए। युकाअनुसार यस फोनमा एक सेन्सेटिभ हिन्ज मेकानिज्मको साथ राम्रो स्क्रीन पनि पाइनेछ । मेट एक्सको जस्तै मेटएक्स एस पनि ९९० ५जी प्रोसेसर हुनेछ तर यसमा गूगल सेवा र एप्सहरु हुनेछैनन् ।
यसको डिजाइन भने सामसङको फोल्डेवल स्मार्टफोन ग्यालेक्सी फोल्ड जस्तै भित्र फोल्ड हुने किसिमको हुनेछ ।
प्रकाशित: ५ माघ २०७६, आईतवार