माइक्रोसफ्ट ब्राउजर इन्टरनेट एक्सप्लोररमा जोखिम देखियो, कम्पनीले भन्यो- हामी सचेत छौं

Technology Khabar ५ माघ २०७६, आईतवार

माइक्रोसफ्ट ब्राउजर इन्टरनेट एक्सप्लोररमा जोखिम देखियो, कम्पनीले भन्यो- हामी सचेत छौं

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले आफ्नो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोररमा देखिएको जोखिमको बारेमा शुक्रबार सेक्यूरिटी एडभाइजरी जारी गरेको छ ।

कम्पनीले हालै जारी गरेको सो सेक्यूरिटी एडभाइजरले आक्रमण हुनसक्ने जोखिम देखिएको जानकारी दिएको छ भने जोखिमयुक्त सिस्टमलाई सुधार गर्ने बताएको छ । तर कम्पनीले हालसम्म सो जोखिमको लागि कुनै सेक्यूरिटी प्याच भने जारी गरेको छैन् ।

माइक्रोसफ्टले सो समस्या समाधान गर्न काम गरिरहेको छ पछि त्यसलाई जारी गर्ने उल्लेख गरेको छ ।

कम्पनीले इन्टरनेट एक्सप्लोरर जीरो डेको दूरुपयोग गरिएकोमा सचेत भएको भन्दै यसले सिमित किसिमको लक्षिण आक्रमण मात्र हुने जनाएको छ ।

सिमितरुपमा भएको इन्टरनेट एक्सप्लोरर जीरो डे आक्रमण ठूलो किसिमको ह्याकिंग अभियानको हिस्सा भएको विश्वास गरिएको छ, जसले फायरफक्स यूजर्सको विरुद्धमा पनि आक्रमणमा संलग्न थियो।

तर मोजिल्लाले भने फायरफक्सका लागि गत साता नै प्याच जारी गरिसकेको छ । एजेन्सी

easy care

प्रकाशित: ५ माघ २०७६, आईतवार