Technology Khabar ५ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । विश्व बजारमा पुनप्रयोग गरिएका अर्थात सेकेण्ड ह्याण्ड स्मार्टफोनहरुको बजार गएको वर्ष २०१९ मा १७.६ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
यस्तो पुन प्रयोग भएको स्मार्टफोनहरुमध्ये आधिकारीकरुपमा रिफर्बिस्ड गरिएका र प्रयोगमा आएका दुबैलाई जोड्दा २० करोड ६७ लाख यूनिटहरु पुगेका छन् । यसअघि सन् २०१८ मा यस्तो यूनिटहरुको बिक्री र आपूर्ति १७ करोड ५८ लाख यूनिट थियो जसमा गएको वर्ष १७.६ प्रतशतले वृद्धि भएको आईडिसीको रिपोर्टमा उल्लेख छ ।
पहिले नै प्रयोग गरिएका अर्थात सेकेण्डह्याण्ड स्मार्टफोनको बिक्री कम्पाउण्ड वार्षिक वृद्धिदरको आधारमा सन् २०२३सम्ममा ३३ करोड २९ लाख यूनिट पुग्ने आइडिसीले उल्लेख गरेको छ । यो सन् २०१८ देखि २०२३सम्मको आधारमा हेर्दा १३.६ प्रतिशतको वृद्धि हुनेछ ।
‘अहिलेको नयाँ स्मार्टफोनहरुको बजार घटिरहेको अवस्थामा आगामी ५ वर्षमा नयाँ आपूर्ति र बिक्रीको प्रक्षेपण न्यून वृद्धिका साथ हुनेछ, तर प्रयोग गरिएका अर्थात सेकेण्डह्याण्ड स्मार्टफोनहरुको बजार भने विश्वको हरेक क्षेत्रमा कम हुने कुनै संकेत देखिँदैनन्,’ आईडिसीका वल्र्डवाइड क्वाटर्ली मोबाइल फोन ट्रयाकरका रिसर्च म्यानेजर एन्थोनी स्कारसेलाले भने ।
पुर्नप्रयोग गरिने वा सेकेण्डह्याण्ड स्मार्टफोनहरु उपभोक्ता तथा व्यवसायीहरु दुबैका लागि नयाँ स्मार्टफोन खरिद गर्नुभन्दा पुरानो खरिद गरेर पैसा बचाउने उत्कृष्ट विकल्पको रुपमा रहेको छ ।
यसका अतिरिक्त भेण्डरहरुले थप सुपथ मूल्यका रिफर्बिस्ड डिभाइसहरु बजारमा पठाउने दक्षताले आगामी दिनमा उनीहरुको ब्राण्ड वृद्धि गर्न र एप्स, सेवा र एसेसरिजको ईकोसिस्टम विकास गर्न सहयोगी हुने बताईएको छ ।
नयाँ ओईएम कम्पनीहरुलाई नयाँ आवश्यक फीचरहरु र मूल्यका बिचमा समायोजन गर्न कठिन भएको छ जसले गर्दा नयाँ उत्पादनहरु सूपथ मूल्यमा लन्च गर्न समस्या हुँदै आएको छ ।
यसबाहेक विश्लेषकहरुले ५जी नेटवर्क र स्मार्टफोनहरुको विकास र प्रयोगको वृद्धिसँदै स्मार्टफोन धनीहरुले उनीहरुको फोरजी स्मार्टफोन ५जी डिभाइसहरुका लागि ट्रेडइन गर्ने र त्यसले सेकेण्डह्याण्ड बजारलाई प्रभावित पार्ने अनुमान गरेका छन् ।
त्यसैगरी नियमनकारी निकाय र वातावरण चेतनाहरुले गर्दा प्रयोग भएका फोनहरुको बजारलाई वृद्धि गर्न अझै मद्धत गर्ने आईडिसीको अनुमान छ । एजेन्सी
प्रकाशित: ५ माघ २०७६, आईतवार