शाओमीको पोको ब्राण्ड अब स्वतन्त्र ब्राण्डको भएको घोषणा, आफ्नै बजार रणनीति अपनाउने

Technology Khabar ३ माघ २०७६, शुक्रबार

शाओमीको पोको ब्राण्ड अब स्वतन्त्र ब्राण्डको भएको घोषणा, आफ्नै बजार रणनीति अपनाउने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । शाओमीको सब ब्राण्डको रुपमा रहेको पोकोले अबदेखि छुट्टै ब्राण्डको रुपमा आफूलाई अगाडि बढाउने भएको छ । शाओमीले शुक्रबार पोकोलाई छुट्टै ब्राण्डको रुपमा स्थापित गर्ने र आफ्ने उत्पादनहरु स्वतन्त्ररुपमा बजार रणनीतिसहित ल्याउने घोषणा गरेको हो ।

शाओमीले पोकोलाई सन् २०१८ मा सिर्जना गरेको थियो भने सो सब ब्राण्डअन्तरगत पोको एफ १ स्मार्टफोन लन्च गरेको थियो ।

कम्पनीको यो घोषणा पोकोका कार्यकारी जय मणिसहितको टिमले शाओमीको सब ब्राण्ड छोडेको १ महिनापछि आएकोछ । कम्पनीले ल्याएको पोको एफ वान सफर स्मार्टफोनको रुपमा आएको थियो भने यो नेपालसहित ५० देशहरुमा लन्च गरिएको थियो ।

शाओमीका भाइस प्रेसिडेन्ट मनु कुमार जैनले पोको ब्राण्डले छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको भन्दै पोको एफ १ यूजरहरुबिच निकै लोकप्रिय फोनको रुपमा रहेको र अझैपनि सन् २०२० मा प्रमुख प्रतिस्पर्धी भएको बताए ।

‘हामीले पोकोलाई आफ्नै तरिकाले संचालन गर्न दिनुपर्ने सहि समय आएको महशुस गरेका छौं, जसले गर्दा हामी पोकोलाई स्वतन्त्र ब्राण्डको रुपमा छोडेको घोषणा गर्दा रोमान्चित भएका छौं,’ जैनले भने।

शाओमीले पोकोलाई हाईईण्ड प्रिमियम स्मार्टफोन ब्राण्डको रुपमा ल्याएको थियो, जसले वनप्लस र सामसंग जस्ता कम्पनीहरुका फ्ल्यागशिप फोनहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो ।

यसैबिच पछिल्लो केहि दिनदेखि एकै फोनबाट हिटमा आएको पोकोफोनलाई लिएर एक खबर अगाडी आएको छ । २०१८ मा लन्च भएको पोको एफ१ पछि कम्पनी सो सीरीजको अर्को फोनमा काम गरिरहेको छ, जसलाई पोको एफ२ को नामले लन्च गर्ने चर्चा रहेको छ ।

गएको हप्ता मात्रै पोको एफ२ को एक टे«डमार्क एप्लीकेशन डकुमेन्ट इन्टरनेटमा शेयर भएको थियो । जसले यो अनुमानलाई अझ बलियो बनाएको थियो कि कम्पनि चाडै पोको एफ२ को बारेमा कुनै घोषणा गर्न सक्नेछ । अहिले सो ब्रान्डको एक नयाँ फोन पोको एक्स २ को खुलासा भएको छ ।

पोको एक्स२ लाई चिनियाँ बेन्चमार्किग साइट गीकबेन्चमा लिस्ट गरिएको छ । यो लिस्टिङ १४ जनवरीमा गरिएको हो, जसमा नाम शाओमी पोको एक्स२ लेखिएको छ । यस लिस्टिङले पोकोफोन लिक्सलाई एक नयाँ दिशा दिएको छ । कम्पनीले पोको एक्स २ सँगै पोको एफ २ पनि ल्याउन सक्नेछ । यद्पी केहि मीडिया रिर्पोटमा पोको एक्स २ र पोको एफ२ एउटै भएको उल्लेख छ ।

पोको एक्स २

पोको एक्स २ को कुरा गर्दा गीकबेन्चमा यस फोनको नामसँगै अन्य बिशेषताहरुको बारेमा पनि खुलाइएको छ । लिस्टिङमा यस फोन एन्ड्रोएडको नयाँ ओएस एन्ड्रोएड १० मा अपरेट हुने बताइएको छ । त्यहि फोनमा १.८० गीगाहट्ज क्लक स्पीडयुक्त अक्टाकोर प्रोसेसर दिइने कुरा गीकबेन्चमा अगाडी आएको छ ।

बेन्चमार्किग साइटमा पोको एक्स२ मा चिपसेटको ठाउँमा फोइनिक्स लेखिएको छ । यो चिपसेट कुन मोडल नम्वरसिहत रहेको छ हाल यो सार्वजनिक भएको छैन् ।

Sajilo Visa

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया