युसी ब्राउजरले युसी ड्राइभमार्फत भारतमा क्लाउड सर्भिस प्रदान गर्ने, २० जीबी स्टोरेज फ्रि पाईने

Technology Khabar ३ माघ २०७६, शुक्रबार

युसी ब्राउजरले युसी ड्राइभमार्फत भारतमा क्लाउड सर्भिस प्रदान गर्ने, २० जीबी स्टोरेज फ्रि पाईने

काठमाडौं । अलिबाबा ग्रुपको लोकप्रिय ब्राउजरले भारतीय मार्केटको लागी नयाँ रणनिती घोषणा गरेको छ । यस रणनितीअनुसार अब युसी ब्राउजरले आफ्नो भारतीय प्रयोगकर्ताको लागी युसी ड्राइभमार्फत क्लाउड सर्भीस प्रदान गर्नेछ । यूसी ड्राइभको क्लाउड सर्भीसमा प्रयोगकर्ता ले २० जीबी स्टोरेज फ्रीमा पाउनेछन् । यसले स्मार्टफोनको स्टोरेज फुल हुने समस्या भोग्दै आएका भारतीय प्रयोगकर्ताहरुलाई सहज हुने बताईएकोछ ।

यूसी वेबद्धारा यूसी ब्राउजर भित्र नै क्लाउड स्पेस स्टोरेज को ठाउँ प्रदान गरेको छ । ग्लोबल मार्केटमा यूसी ड्राइभ सबैभन्दा पहिले भारतमा लन्च भएको थियो भने त्यसपछि मात्र अन्य बजारमा प्रवेश गरेको थियो । भारतमा यूसी ड्राइभ लन्च हुनुको मुख्य कारण यसको प्रयोग बढी हुनु हो । यूसी ड्राइभ सर्भीसमार्फत प्रयोगकर्ताले २०जीबी स्टोरेज फ्री पाइनेछ ।

यूसीको आशा छ कि ड्राइभ सर्भीसमार्फत प्रयोगकर्ताले दुई ठुलो सुबिधा प्राप्त गर्न सक्नेछन् । पहिलो यस ड्राइभको कारणले प्रयोगकर्ता कम डाटा खर्चेर धेरै डाउनलोडिङको मजा लिन सक्दछन् । र अर्को यस सर्भीसको कारणले प्रयोगकर्ताको स्मार्टफोन आउट अफ स्टोरेज स्पेस हुनेछैन् ।

यूसी ड्राइभको तीन बिशेषताहरु रहेका छन । यूसी ड्राइभ फीचरमार्फत प्रयोगकर्ताले डाउनलोड हुने कन्टेन्ट आफ्नो ड्राइभमा सेभ गर्न सक्छन । यसबाहेक ड्राइभमा प्रयोगकर्तालाई फाइल शेयर गर्न र एक्सचेन्ज गर्ने बिकल्प पनि मिल्नेछ । यूसी ड्राइभमा २०जीबी स्टोरेज फ्रि मा पाइनेछ । यस फीचर प्रति लोभ्याउनको लागी यूसीले कायौ उपहारहरुको पनि घोषणा गरेको छ । यी उपहारहरुमा २० ग्राम सुन, नयाँ स्मार्टफोन, अमेजन डटकम र ओयोको पाँच करोडको कुपन रहेको छ । एजेन्सी

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...