गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटको बजार मूल्य १० खर्ब अमेरिकी डलर नाध्यो

Technology Khabar ३ माघ २०७६, शुक्रबार

गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटको बजार मूल्य १० खर्ब अमेरिकी डलर नाध्यो

काठमाडौं । गूगलको प्यारेन्ट कम्पनी अल्फोबल इंकको शेयर मूल्य पहिलो पटक १० खर्ब डलर नाघेको छ । १ खर्ब डलर बजार मूल्य नाध्ने यो चौथो अमेरिकी कम्पनी हो ।

अल्फाबेट पनि एप्पल, अमेजनसहितको १० खर्ब बजार मूल्य भएको वान ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ ।

इन्टरनेट सर्च जायन्टको शेयर पछिल्लो ३ महिनाभित्रै १७ प्रतिशतले बढिसकेको छ भने सोहि अवधिमा एस एण्ड पी ५०० इन्डेक्समा पनि ६ प्रतिशतको वृद्धि देखिएकोछ ।

कम्पनिको शेयरमा बढोत्तरी हुँदै एक शेयरको मुल्य १,४५१.७० डलर हुन पुगेको छ ।

महत्वपुर्ण कुरा हालैमा गूगल मा सिईओ सुन्दर पेचाईलाई अल्फाबेटको कमान्ड सुम्पिएको थियो र अहिले उनि गूगलको अभिभावक कम्पनी अल्फाबेटको सिईओ हुन् । गूगल को–फाउन्डर ल्यारी र ब्रिनले अल्फाबेटको सिईओ र चेयरमेनबाट राजिनामा दिएका थिए ।

एप्पल अमेरिकाको पहिलो कम्पनि थियो जसले २०१८ एक ट्रिलियन डलरको मार्केट क्याप वाला कम्पनिको ट्याग पाएको थियो । बजार मूल्य १० खर्ब डलर पुग्ने पहिलो कम्पनी एप्पल भएको थियो भने त्यसपछि अमेजन, र माइक्रोसफ्ट भएको थियो । अहिलेसम्म यी चार कम्पनीहरुमात्र बजार मूल्य १० खर्ब डलर भएका कम्पनी हुन् ।

अप्रील २०१९ मा अमेरिकी टेक कम्पनी माइक्रोसफ्ट यस आंकडालाई छुने दोस्रो कम्पनी बनेको थियो । अर्थात अमेरिकाको चार ठुला कम्पनिहरु एप्पल, गूगल, अमेजन र माइक्रोसफ्टले एक ट्रिलियन डलरको आंकडा छोइसकेका छन्। अब पालो फेसबुकको रहेको छ जुन हाल ६०० बिलियन भन्दा माथी मार्केट क्याप भएको कम्पनी रहेको छ ।

तर पहिलो पटक एक ट्रिलियन आंकडालाई छुने कम्पनी अमेरिकाको नभई चिनको को पेट्रोचाइना कम्पनी रहेको थियो । यस कम्पनीले यो आंकडा २००७ मा छोएको थियो ।

फच्र्युनकाअनुसार विश्वको सबैभन्दा नाफा कमाउने कम्पनीको लिस्टमा एक नम्वरमा साउदी अरब को तेल कम्पनि साउदी अराम हो । दोस्रो नम्वरमा एप्पल रहेको छ भने अल्फाबेट लिस्टको सातौं नम्वरमा रहेको छ ।

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...