भारतले नयाँ सञ्चार स्याटेलाइट अन्तरिक्षमा तैनाथ, ५जी मोबाइल टेक्नोलोजी र इन्टरनेटमा प्रयोग

Technology Khabar ३ माघ २०७६, शुक्रबार

भारतले नयाँ सञ्चार स्याटेलाइट अन्तरिक्षमा तैनाथ, ५जी मोबाइल टेक्नोलोजी र इन्टरनेटमा प्रयोग
Classic Tech

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसंन्धान संगठन (इसरो) ले सञ्चार उपग्रह (स्याटेलाइट) जीस्याट–३० को सफलतापुर्वक लन्च गरेको छ । इसरोको जीस्याट–३० लाई यूरोपियन हेबी रकेट एरियन–५ बाट शुक्रवार बिहान २:३५ मा अर्थात आज १७ जनवरीमा फ्रान्सको फ्रेंन्च गुएना स्थित कोरोउ टापुबाट छोडीएको हो ।

त्यसको केहि समयमा नै जीस्याट–३० बाट एरियन–५ भीए२५१ को माथिल्लो भाग सफलतापुर्वक अलग भयो र तयार गरिएको आफ्नो कक्षमा स्थापित भयो । भारतीय स्पेस एजेन्सी इसरोको सन् २०२० को यो पहिलो मिशन हो ।

इसरोका अनुसार, जीस्याट–३० एक सञ्चार उपग्रह हो । यसले पुरानो इनस्याट–४ए स्याटेलाइटको ठाउँमा काम गर्नेछ । इनस्याट–४ए को समय पुरा भएको थियो भने इन्टरनेट टेक्नोलोजीमा तिब्रता आइरहेकोले अधिक शक्तिशाली स्याटेलाइटको आवस्यकता रहेको बेला इसरोले जीस्याट–३० लाई लन्च गरेको हो ।

सो स्याटेलाइट लन्च भएपछि भारतको सञ्चार व्यवस्था अझ मजबुत हुने दाबी गरिएको छ । यसको मद्दतले भारतमा नयाँ इन्टरनेट टेक्नोलोजी ल्याउने आशा गरिएको छ । साथै अब पुरा भारतभर मोबाइल टेक्नोलोजी फैलिनेछ, जहाँ पहिले मोबाइल सेवा पुगेको थिएन् । यसै स्याटेलाइटको मदतबाट भारतमा ५जी सेवाको शुरुवात गरिने बताईएको छ ।

जीस्याट–३० जीस्याट सीरीजको अधिक शक्तिसाली सञ्चार उपग्रह हो जसको मद्दतले पुरा भारतको सञ्चार प्रणालीमा अझ सुधार हुनेछ । हाल जीस्याट सीरीजको १४ वटा स्याटेलाइटले काम गरिरहेको छ । यसैको भरमा भारतको सञ्चार व्यवस्था कायम रहेको छ ।

जीस्याट–३० को मदतले भारतको सञ्चार प्रणाली, टेलीभिजन प्रसारण, स्याटेलाइटमार्फत समाचार व्यवस्थापन, समाजको लागी काम आउने जियोस्पेशियल सुबिधाहरु, मौसम सम्बन्धि जानकारी र भविष्यवाणी, प्राकृतिक विपत्तिको पुर्ब जानकारी लगायतका कामहरुमा प्रयोग हुने बताईएकोछ ।

यो लन्च भइसकेपछि बाट १५ वर्ष पृथ्वि माथी भारतको लागी काम गर्नेछ । यसलाई जियो–इलिप्टिकल अर्बिटमा स्थापित गरिनेछ । यसमा दुई सोलार प्यानल र ब्याट्री रहेको छ, जसबाट यसले उर्जा प्राप्त गर्नेछ । एजेन्सी

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...