रिलायन्स जियो तीन वर्षमा बन्यो भारतको सबैभन्दा ठुलो टेलिकम कम्पनी

काठमाडौं । टेलिकम सेक्टरमा आधिकारीक प्रवेशको तीन वर्षमा नै मुकेश अम्बानीको स्वामित्वमा रहेको टेलीकम कम्पनी रिलायन्स जियो अहिले भारतमा सब्सक्राइबर्स र रेभेन्यु मार्केट शेयरको हिसाबले सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको छ ।

भारतीय सब्सक्राइबर्स र रेभेन्यु मार्केट शेयरको हिसाबले दोस्रो स्थानमा भने भोडाफोन आइडिया रहेको छ ।

ट्राइद्धारा जारी हालैको रिर्पोटअनुसार नोभेम्वरमा ५६ लाख मोबाइल सब्सक्राइबर्स जोडिएपछि रिलायन्स जियो भारतको सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको हो । अहिले कम्पनीको कुल ३६करोड ९० लाख ९३ हजार सब्सक्राइबर्स रहेका छन, जुन टेलिकम मार्केट शेयरको ३२.०४ प्रतिशत हो ।

साे समयमा भारतीय एयरटेललाई पनि फाइदा भएकाेछ । साे कम्पनीले नोभेम्बर महिनामा आफ्नो शेयर मार्केटमा ग्रोथ गर्न सफल भयो । कम्पीले नोभेक्बरमा १६ लाख ५० हजार मोबाइल प्रयोगकर्ता थप्न सफल भयो । हाल कम्पनीको कुल मोबाइल प्रयोगकर्ता ३२७.०४ मिलियन रहेका छन, जुन पुरा मोबाइल मार्केटको शेयर मध्ये २८.३५ प्रतिशत हो । यद्पी कम्पनीको राम्रो प्रयासको बावजुद वायरलेस टेलिकम सब्सक्राइबर्समा भने एयरटेलले २८.८ मिलियन कमीको सामना गर्नु पर्यो ।

यहाँ एकातर्फ यी दुई कम्पनीलाई फाईदा हुँदा अर्कोतर्फ भोडाफोन आइडियालाई नोभेम्बरको आंकडामा सबैभन्दा धेरै घाटा भयो ।

भोडाफोनले नोभेम्वर महिनामा आफ्नो ३६.४१ प्रतिशत सब्सक्राइबर्सलाई गुमाउन पुग्यो । जसले यसको शेयर मार्केट घटेर २९.१२ प्रतिशतमा सुम्चिनु पर्यो । ट्राईको रिर्पोटअनुसार भारतभर नोभेम्बर महिनामा कुल मोबाइल ग्राहक १.१७ बिलियन थिए ।

याद रहोस हालैमा जियो र एयरटेलले भारतभर वाईफाई कलिङको सुरुवात गरेको छ । साथै यस फीचरलाई फ्री गरिएको छ । तर यस फीचरको प्रयोग गर्न फोनमा सर्पोटको आवश्यकता पर्दछ । एजेन्सी

Loading...