Technology Khabar ३ माघ २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । टेलिकम उपकरण निर्माता जेडटिई कर्पले आफ्नो ‘ए’ वर्गको शेयरहरु बिक्री गरेर १.७ अर्ब डलर कमाउने लक्ष्य लिईएको बताएको छ ।
कम्पनीले आफ्नो शेयरहरु प्राइभेट प्लेसमेन्टसहित बेचेर त्यसबाट हुने आम्दानी ५जी नेटवर्कहरुको विकास र अनुसन्धानमा खर्च गर्ने साथै वर्किंग क्यापिटलको रुपमा प्रयोग गर्ने बताएको छ ।
चिनियाँ टेलिकम कम्पनीले बिहिबार ३८१.०९८ लाख ए शेयरहरु जारी गर्ने अथवा कुल जारी गरिएको शेयर पूँजीको ८.२७ प्रतिशत जारी गरिने बारेमा योजना गरेको बताएको हो ।
सो शेयर मूल्य ३).२१ यूआनमा बिक्री गरिने छ जसमा करिब १८.२ प्रतिशतको छुट दिईएको कम्पनीले बताएको छ ।
कम्पनीले सफलतापूर्वक लगानी वृद्धि गर्ने अपेक्षा गरेको छ भने सो लगानीमार्फत लगानीकर्ताहरुलाइृ जेडटिईको आर एण्ड डि को प्रयासहरुमा थप विश्वास दिलाउने बताएको छ । यसले महत्वपूर्ण ५जीको शेयर हासिल गर्न सहयोग पुग्नेछ ।
जेडटिईले आगामी दिनमा अनुसन्धान तथा विकासमा उच्च तहमा ध्यान केन्द्रित गर्ने बताएको छ भने यसले प्रविधिगत प्रतिस्पर्धात्मक धारलाई सुनिश्चित गर्ने र आफ्नै प्रमुख उत्पादन तथा व्यवसायहरुको विकास गर्ने जनाएको छ । एजेन्सी
प्रकाशित: ३ माघ २०७६, शुक्रबार