नेपाल इन्फ्रास्ट्रचर बैंकको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल

Technology Khabar ३ माघ २०७६, शुक्रबार

नेपाल इन्फ्रास्ट्रचर बैंकको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु. ८ अर्व बराबरको रु.१०० अंकित दरको आठ करोड कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी रु.२० अर्व हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...