सामसङको ग्यालेक्सी ए सिरिजमा दुई नयाँ स्मार्टफोन भारतमा चाँडै सार्वजनिक हुने

Technology Khabar ३ माघ २०७६, शुक्रबार

सामसङको ग्यालेक्सी ए सिरिजमा दुई नयाँ स्मार्टफोन भारतमा चाँडै सार्वजनिक हुने

काठमाडौं । सामसङले आफ्नो ए सिरिजका दुई नयाँ स्मार्टफोनहरु विश्व बजारमा लन्च गर्ने भएको छ । कम्पनीले चाँडै नै भारतमा आफ्नो लेटेस्ट ए सीरीजका स्मार्टफोनहरु ग्यालेक्सी ए५१ र ग्यालेक्सी ए७१ लन्च गर्न सक्नेछ ।

सामसङ इन्डियाको वेबसाइटमा यी दुबै स्मार्टफोनको अफिसियल टीजर पेज लाइभ गरिएको छ । यद्पी टीजरमा केवल नोटिफाई मीको बटन मात्रै शोकेस भएको छ । अर्थात अझै लन्चिङ डेट र बाँकी जानकारी बारे केहि बताइएको छैन । यसको साथै केहि दिन पहिले ग्यालेक्सी ए सीरीजको नयाँ स्मार्टफोन दिल्लीको एक स्टोरमा पनि देखिएको थियो ।

सामसङ इन्डियाको वेबसाइटमा जारी टीजर पेजमा दुबै स्मार्टफोन ग्यालेक्सी ए५१ र ग्यालेक्सी ए७१ को मुख्य विषयलाई हाइलाइट गरिएको छ । तर ल्यान्डीङ पेजमा दुबै स्मार्टफोनको नाम बारे केहि बताईएको छैन् । तरपनि भिजुवल हेरेर बुझ्न सकिन्छ कि यी दुबै अपकमिङ डिभाइसहरु हुन । किनभने यसलाई यसअघि विज्ञापनमा पनि देखिएको थियो ।

टीजर पेजमा ग्यालेक्सी ए५१ र ग्यालेक्सी ए७१ को क्वाड क्यामरा, पंचहोल डिस्प्ले र ठुलो ब्याट्रीलाई हाइलाइट गरिएको छ ।

यदि ग्राहकहरु यी दुई डिभाइसमध्ये कुनै एकमा इन्ट्रेस्टेड छन भने पर्सनल कन्ट्याक्ट डिटेल र नोटिफाई मी बटनलाई प्रेस गर्नुपर्ने हुन्छ । यसबाट ग्राहकहरुलाई यी स्मार्टफोनको बाँकी जानकारी सबैभन्दा पहिले दिइने छ ।

स्मरण रहोस ग्यालेक्सी ए५१ र ग्यालेक्सी ए५१ लाई गत वर्षको डिसेम्वरमा भियतनाममा लन्च गरिएको थियो तर विश्व बजारमा भने आएको थिएन् । पछि यसलाई यस महिनाको सुरुवातमा सीईएस २०२० मा पनि शोकेस गरिएको थियो ।

यी फोनहरु नेपाली बजारमा पनि आउन सक्नेछन् । किनकी सामसङका स्मार्टफोनहरु यसअघि पनि भारतमा सार्वजनिक भइसकेपछि नेपाली बजारमा ती स्मार्टफोनहरु आउने गरेका थिए । र नेपाली बजारमा यसअघिदेखि नै ए सिरिजका सामसङ स्मार्टफोनहरु बिक्री हुँदै आएका छन् ।

प्रकाशित: ३ माघ २०७६, शुक्रबार

Comments are closed.

Loading...