इन्स्टाग्रामको वेब भर्जनमा डाइरेक्ट मेसेज गर्न सकिने सुबिधा आउँदै, हाल परीक्षणको क्रममा

Technology Khabar २ माघ २०७६, बिहीबार

इन्स्टाग्रामको वेब भर्जनमा डाइरेक्ट मेसेज गर्न सकिने सुबिधा आउँदै, हाल परीक्षणको क्रममा
Global IME Bank

काठमाडौं ।

काठमाडौं । इन्स्टाग्राम प्रयोगकर्ताको लागी एक खुसीको खवर छ । अब इन्स्टाग्राम प्रयोगकर्ताले वेब भर्जनबाट डीएम अर्थात डाइरेक्ट मेसेज गर्न सक्नेछन् । पछिल्लो केहि समयदेखी यसको माग रहेको थियो । यद्पी यस अप्सनलाई हाल खोलिएको छैन र यो टेस्टिङ फेजमा नै रहेको छ । तर यसलाई चाँडै नै रोलआउट गर्न सक्ने सम्भावना रहेको छ ।

वेब भर्जनमा इन्स्टाग्रामलाई दुई तरिकाले प्रयोग गर्न सकिन्छ । पहिलो तरिका इन्स्टाग्राम डटकमबाट र दोस्रो फेसबुक क्रिएटर स्टुडियोबाट ।

यदि तपाईँ आफ्नो ल्यापटप वा डेक्स्टअपको फोटोलाई इन्स्टाग्राममा अपलोड गर्न चाहनुहुन्छ भने तपाईँलाई फेसबुक क्रिएटर स्टुडियो सहितको तरिका ठिक हुनेछ ।

हाल यो वेब भर्जन टेस्टीङ फेजमा नै रहेकाले यो लिमिटेड प्रयोगकर्ताहरुलाई प्रयोग गर्न दिइएको छ । यदि टेस्टीङ फेजमा कुनै कमी कमजोरी भेटिए त्यसलाई हटाएपछि मात्रै यसलाई वल्र्डवाइड गरिनेछ ।

इन्स्टाग्रामले यो हाल टेस्टीङ फेजमा रहेको र यसले अन्य एप्स जसरी नै काम गर्ने जनाएको छ । अर्थात तपाई ल्यापटप वा डेक्स्टअपको माध्यमबाट च्याट गर्न र ग्रुप बनाउन सक्नु हुनेछ । यस डीएमबाट फोटो आदान प्रदान गर्न पनि सकिने छ । यसले प्रयोगकर्ताको अनुभवलाई पनि अझ राम्रो बनाउने कम्पनीको धारणा रहेको छ ।

स्मरण रहोस फेसबुकले इन्स्टाग्राम र ह्वाट्सएप किनेपछि क्रस प्लेटफर्म म्यासेन्जिङ फिचर ल्याउने र तीनओटै एप्सलाई एकअर्कामा जोड्ने घोषणा गरेको थियो । त्यसैले पनि कम्पनीले सो फीचरको लागी पनि इन्स्टा वेब भर्जनमा डीएम लाई ल्याएको हुन सक्दछ ।

Sajilo Visa

प्रकाशित: २ माघ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया