टिकटकमा भिडियो बनाउँदा भारतमा युवकको मृत्यु, युवकले आफैंलाई हाने गोली

Technology Khabar २ माघ २०७६, बिहीबार

टिकटकमा भिडियो बनाउँदा भारतमा युवकको मृत्यु, युवकले आफैंलाई हाने गोली
Classic Tech

काठमाडौं । भारतको उत्तर प्रदेशको बरेलीमा एक १८ वर्षीय युबकले टिकटक भिडियो बनाउन आफैंलाई गोली प्रहार गरेका छन, जसको कारण उनको मृत्यु भएको त्यहाँको स्थानिय प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार यो घटना उत्तर प्रदेशको हफीजगंज इलाकाको मुन्डीया भीमकपुरको हो । प्रहरीका अनुसार १८ वर्षीय केशव कुमार हातमा रिभल्वर लिएर टिकटक भिडियो बनाउँदै थिए । भिडियो सुट गर्दैगर्दा गल्तिले रिभल्वर चल्न पुग्यो, जसको गोली लागेर युवकको मृत्यु हुन पुग्यो ।

यो घटना सोमबारको हो । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले एफआईआर दर्ता गरेर घटनाको छानबिन सुरु गरेकोे छ । युवक कक्षा १२ का विद्यार्थी थिए । हिन्दुस्तान टाइम्समा छापिएको समाचारअनुसार केशवले परिवारसँग टिकटक भिडियोका लागी पेस्तोल मागेका थिए, जुन कुरालाई सुरुमा मनाही गरेपनि केशवले ज्यादा जिद्धि गर्न थालेपछि उसलाई लाइसेन्सयुक्त पेस्तोल दिइएको उनको आमाले बताइन् । केशवका बुवा भारतीय सेनामा कार्यरत भारतीय सैनिक हुन् ।

आमाकाअनुसार, केशवलाई पेस्तोल दिएपछि उनि घरको काममा व्यस्त रहिन् । यसैबिच केशवको कोठाबाट गोली चलेको आवाज आएपछि उनि त्यहाँ पुगीन । कोठामा उनले केशवलाई गोली लागेर भुईमा लडेको पाईन । आत्तिँदै उनले वरपरका छिमेकीलाई बोलाएर केशवलाई अस्पताल लगिन, जहाँ डाक्टरहरुले केशवको मृत्यु भइसकेको घोषणा गरिदिए ।

जानकारीअनुसार केशवले पेस्तोल बोकेर सैनिक जवानको जस्तै पोज दिँदै गर्दा गल्तिले आफैंमाथी गोली चलाउँदा लागेर मृत्यु भएको हो ।

स्मरण रहोस् टिकटक एक भिडियो शेयरिङ सोशल मीडिया एप हो । जहाँ प्रयोगकर्ताहरु छोटो छाटो भिडियो बनाएर शेयर गर्न सक्छन । एजेन्सी

प्रकाशित: २ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...