दूरसंचार प्राधिकरणले तोक्यो बाँकी बक्यौताको किस्ता रकम, स्मार्टको मात्रै करिब साढे ३ अर्ब रुपैयाँ

Technology Khabar २ माघ २०७६, बिहीबार

दूरसंचार प्राधिकरणले तोक्यो बाँकी बक्यौताको किस्ता रकम, स्मार्टको मात्रै करिब साढे ३ अर्ब रुपैयाँ
Classic Tech

अनुज राज ।

काठमाडौं । बाँकी बक्यौता तिर्नका लागि ३ वटा टेलिकम सेवा प्रदायकहरुलाई सरकारले मन्त्रिपरिषदबाट दिएको किस्ता सुबिधाको रकम तिर्न नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले बिहिबार माघ २ गते पत्र पठाउँदै किस्ता बापतको रकम छुट्याएर तोकिएअनुसार तिर्न भनेको हो ।

प्राधिकरणले तीनवटै कम्पनीहरुको किस्ताबापत तिर्नुपर्ने रकमको हिसाब गरेको छ । सोहि आधारमा कम्पनीहरुले आफूले ५ किस्तामा बाँकी बक्यौता रकम तिर्नुपर्नेछ । पहिलो किस्ता रकम कम्पनीहरुले चालु आर्थिक वर्षको असार मसान्त भित्रै तिर्नुपर्ने हुन्छ भने बाँकी रकम पनि किस्तामा आर्थिक वर्षको असार मसान्तभित्र तिर्नुपर्ने हुन्छ ।

प्राधिकरणले तीनवकै कम्पनीहरुको रकमको हिसाबकिताब गरेर बाँकी बक्यौता रकमको वार्षिक किस्ता निर्धारण गरेको छ । सो किस्ता रकममा गत आर्थिक वर्ष २०७५/७६ देखिको वित्तिय विवरणअनुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामिण दूरसंचार कोषको रकम भने जोडेको छैन् ।

तीनवटै कम्पनीहरुले बाँकी बक्यौता रकम तिर्न आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको समय प्राप्त गरेका छन् ।

टेक्नोलोजीखबरलाई प्राप्त बिबरणअनुसार तीनवटै कम्पनीहरुको बाँकी बक्यौता रकम हिसाब गर्दा सरकारले ती ३ कम्पनीहरुबाट बाँकी बक्यौता बापत कुल ५ अर्ब १ करोड ८६ लाख २९ हजार ३०९.९६ रुपैयाँ असुल गर्न बाँकी रहेको देखिन्छ ।

स्मार्ट टेलिकमको किस्ता

ती कम्पनीहरुमध्ये सबैभन्दा धेरै बाँकी बक्यौता रकम स्मार्ट टेलिकमको रहेको छ । सो कम्पनीले ३ अर्ब५७ करोड ८१ लाख ४१ हजार ८३८.६३ रुपैयाँ बाँकी बक्यौता रकम तिर्नुपर्ने छ । जसमा रोयल्टी, ग्रामिण दूरसंचार कोष, फ्रिक्वेन्सी शुल्क र लाइसेन्स नविकरण शुल्क रहेको छ । जसमा थप जरिवाना समेत समावेश रहेको छ ।

स्मार्ट टेलिकमले लाइसेन्सको लागि मात्रै १ अर्ब ५० करोड रुपैयाँ तिर्नुपर्नेछ भने फ्रिक्वेन्सी बापतको कुल रकम २ अर्ब ४ करोड ३० लाख २३ हजार रुपैयाँ हाराहारीमा बुझाउनुपर्ने भएको छ ।

कम्पनीले रोयल्टी बापत ६७ लाख ५१ हजार रुपैयाँ बराबर तिर्नुपर्दछ भने ग्रामिण दूरसंचार कोषमा जम्मा हुने रकमको लागि २ करोड ८३ लाख ६७ हजार रुपैयाँ हाराहारीमा तिर्नुपर्ने देखिएको छ ।

स्मार्ट टेलिकमले पाँच किस्ताबापत पहिलो वर्षको किस्तामा ५९ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबर तिर्नुपर्ने छ भने दोस्रो वर्ष ८३ करोड २३ लाख ८८ हजार रुपैयाँ, तेस्रो वर्षको किस्तामा करिब ७७ करोड ४० लाख ८ हजार रुपैयाँ, चौथो किस्तामा ७१ हजार ५६ लाख २८ हजार रुपैयाँ र पाँचौं तथा अन्तिम किस्तामा ६५ करोड ७२ लाख ४८ हजार रुपैयाँ सरकारलाई तिर्नुपर्नेछ ।

नेपाल स्याटेलाइट टेलिकमको किस्ता

त्यसैगरि अर्को टेलिकम कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले पनि सरकारलाई बाँकी बक्यौता रकम १ अर्ब ३८ करोड ७४ लाख ५३ हजार २३८ रुपैयाँ बराबर बुझाउनुपर्नेछ ।

नेपाल स्याटेलाईट टेलिकम प्रालिले पहिलो वर्षको किस्तामा २१ करोड ५१ लाख ३३ हजार रुपैयाँ तिर्नुपर्नेछ भने दोस्रो किस्ता बापत ३३ करोड ९८ लाख ४७ हजार रुपैयाँ, तेस्रो किस्ताबापत ३० करोड ८६ लाख ६८ हजार रुपैयाँ, चौथो किस्ता बापत २७ करोड ७४ लाख ९० हजार रुपैंया तथा अन्तिम किस्तामा २४ करोड ६३ लाख १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सो रकममा कम्पनीले तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुर १ अर्ब ३८ करोड ७४ हजार रुपैयाँ जोडिएको छ ।

वेब सर्फर नेपाल कम्युनिकेशन सिस्टमको किस्ता

बाँकी बक्यौता समयमा नबुझाउने इन्टरनेट सेवा प्रदायक कम्पनी वेब सर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिले भने जम्मा ५ करोड ३० लाख ३४ हजार २३३.३३ रुपैयाँ बाँकी बक्यौता रकम किस्तामा तिरे पुग्नेछ ।

वेब सर्फरले पहिलो किस्तामा करिब ८३ लाख ६५ हजार रुपैयाँ, दोस्रो किस्तामा १ करोड २८ लाख ४८ हजार रुपैयाँ, दोस्रो किस्तामा १ करोड १७ लाख २७ हजार रुपैयाँ, तेस्रो किस्तामा १ करोड ६ लाख ६ हजार रुपैयाँ तथा अन्तिम किस्तामा ९४ लाख ८५ हजार रुपैयाँ बराबर रकम सरकारलाई बुझाउनुपर्नेछ ।

सो रकममध्ये कम्पनीले ग्रामिण दूरसंचार कोषको रकम जरिवानासहित ९५ लाख ५६ हजार रुपैयाँ तथा रोयल्टीमा अतिरिक्त दस्तुरसहित ४ करोड ३४ लाख ७७ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

वेब सर्फरले अहिले तिर्नुपर्ने रोयल्टीको रकम समेत बुझाएको छैन् । कम्पनीले पुस मसान्तसम्म सो रोयल्टी रकम तिर्नुपर्ने थियो । अब तिर्दा थप दस्तुरसहित तिर्नुपर्ने हुन्छ ।

यो पनि हेर्नुस्-

 

प्रकाशित: २ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...