सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल यस्तो छ, चार जनासम्म बसेर यात्रा गर्न सकिने

Technology Khabar २ माघ २०७६, बिहीबार

सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल यस्तो छ, चार जनासम्म बसेर यात्रा गर्न सकिने

काठमाडौं । अमेरिकामा जनवरी पहिलो साता आयोजित कन्जुमर इलेक्ट्रोनिक शोमा फ्रेन्च स्टार्टअप कम्पनी वेलोले सौर्य ऊर्जाबाट चल्ने ट्राईसाइकल प्रदर्शन गर्यो ।

यसलाई कारको विकल्पको रुपमा पनि हेरिदैँ आएको छ । यसबाट भिडभाड हुने इलाका र सडकमा सजिलै यात्रा गर्न सकिन्छ । यसलाई ओसार्नमा पनि प्रयोग गर्न सकिन्छ ।

यो ट्राईसाइकल सिङ्गल चार्जमा १०० किमी दुरी कुद्न सक्दछ । कम्पनीको अनुसार कम दुरीका स्थानमा सामान पु¥याउन र शहरमा यात्रा गर्न यो एक उपयुक्त साधन हो ।

फ्यामिली कार र बाइकको हाईब्रिड भनिने यस ट्राईसाइकलमा प्रयोग भएको ब्याट्री फुल चार्ज भएमा १०० किमी यात्रा तय गर्न सकिने छ ।
यसमा स्टान्डर्ड बाइकको जस्तै कन्भेन्शनल प्याडल पनि दिईएको छ, यसमा रिचार्जेबल ब्याट्री र सोलार प्यानल पनि रहेको छ जुन गाडीको छतमा रहेको छ ।

यसमा एक व्यक्ति अगाडी बस्न सक्दछन भने पछाडी एक व्यक्ति र दुई बच्चा बस्न सकिने छ ।

यसमा पछाडि लगाईएको सिट निकालेर यसलाई कार्गो बाइकमा पनि बदल्न सकिन्छ । जसमा ८०० लिटरसम्मको बुट स्पेस र ८० किलोसम्मको भार ओसार्न सकिन्छ । यसको लम्बाई ७.४ फिट र चौडाई २.७ फिट रहेको छ, यो यति पातलो रहेको छ कि यसलाई बाइक लेन र कम्प्याक्ट जोनमा पनि पार्क गर्न सकिनेछ । एजेन्सी

प्रकाशित: २ माघ २०७६, बिहीबार

Comments are closed.

Loading...