ठूला इन्टरनेट सेवा प्रदायकहरु जसले दूरसंचार प्राधिकरणलाई समयमा बुझाएनन् रोयल्टी रकम

Technology Khabar २ माघ २०७६, बिहीबार

ठूला इन्टरनेट सेवा प्रदायकहरु जसले दूरसंचार प्राधिकरणलाई समयमा बुझाएनन् रोयल्टी रकम

काठमाडौं ।

काठमाडौं । नेपालका धेरै ग्राहक भएका र ठूला इन्टरनेट सेवा प्रदायकको रुपमा रहेका कम्पनीहरुले नै सरकारलाई बुझाउनुपर्ने रोयल्टी रकम समयमा बुझाएनन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको रोयल्टी नेपाल दूरसंचार प्राधिकरणमार्फत सरकारलाई बुझाउनुपर्ने हुन्छ । तर ठूला इन्टरनेट सेवा प्रदायकहरुले नै नबुझाएका हुन् ।

नेपाल दूरसंचार प्राधिकरणकाअनुसार ठूला आईएसपीमध्येका वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र भायनेट कम्युनिकेसन प्रालि बाहेक अन्य ठूला सेवा प्रदायकहरुले रोयल्टी बुझाएका छैनन् । कानूनअनुसार अघिल्लो आर्थिक वर्षको आम्दानीको आधारमा सरकारलाई नेपाल दूरसंचार प्राधिकरणमार्फत रोयल्टी दस्तुर बुझाउनुपर्ने कानूनमा व्यवस्था छ ।

तर ठूला आईएसपीमध्येका सुबिसु केबलनेट प्रालि, मर्कन्टायल कम्युनिकेसन प्रालि, क्लासिक टेक प्रालि, ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालि, टेक माइन्डस नेटवर्क प्रालि र बेव सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले तोकिएको अवधिमा अर्थात पुस मसान्तभित्र रोयल्टी नबुझाएको प्राधिकरणले जनाएको छ ।

ती कम्पनीहरुले अब आफुले बुझाउनुपर्ने रोयल्टी रकमका २ प्रतिशत जरिवाना थप गरेर मात्र रोयल्टी बुझाउन पाउनेछन् ।

यसमध्येको वेब सर्फरले यसअघि पनि पटक पटक तोकिएको अवधिमा दस्तुरहरु तिर्न नसक्दा बाँकी बक्यौता थपिँदै गएको थियो । हालै सरकारले बेव सर्फरलाई यसअघिको बाँकी बक्यौता रकम तिर्न ५ किस्ताको सुविधा दिएको थियो तर सो किस्ता रकममा हालको रोयल्टी रकम भने जोडिँदैन् ।

यसबाहेक दूई ठूला आईएसपीहरु वर्ल्डलिंक र भायनेटले भने पुस मसान्त भित्रै रोयल्टी रकम बुझाएका थिए । यसमध्ये वर्ल्डलिंकले करिब ११ करोड ८६ लाख रुपैयाँ रोयल्टी बुझाएको छ भने भायनेटले करिब २ करोड ५० लाख रुपैयाँ रोयल्टी दस्तुरबापत प्राधिकरणको खातामा जम्मा गरेको प्राधिकरणले जनाएको छ ।

रोयल्टी बापतको रकम संचार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको खातामा बुझाउनुपर्ने हुन्छ भने त्यसको लगत दूरसंचार प्राधिकरणले राख्ने र हेर्ने गर्दछ ।

easy care

प्रकाशित: २ माघ २०७६, बिहीबार

ताजा समाचार