भारतीय बजारमा शाओमीको नयाँ किर्तिमान, एक दिन मै दसलाख डिभाइस बिक्री गर्यो

Technology Khabar २ माघ २०७६, बिहीबार

भारतीय बजारमा शाओमीको नयाँ किर्तिमान, एक दिन मै दसलाख डिभाइस बिक्री गर्यो

काठमाडौं ।

काठमाडौं । शाओमीले भारतीय बजारमा एक नयाँ किर्तिमान बनाएको छ । कम्पनीले अफलाइन डिभाइस बेच्नेको रेकर्ड आफ्नो नाममा पारेको छ । कम्पनीले आधिकारिक प्रेश स्टेटमेन्टमा यस बारे जानकारी दिएको हो ।

पछिल्लो पाँच वर्षमा चिनियाँ कम्पनी शाओमीले भारतमा राम्रो वृद्धिदर हासिल गरेको छ । स्मार्टफोनबाट आफ्नो सुरुवात गरेको शाआमीले हाल भारतमा हेडसेट र अन्य कयौ स्मार्ट डिभाइस बेचिरहेको छ । कम्पनीले एकै दिनमा १० लाख डिभाइस बेच्ने रेकर्ड १० जनवरीमा बनाएको हो ।

यसबारे कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफुहरुले एकै दिनमा १० लाख डिभाइस बेचेको दाबी गरेको छ । अफलाइन सेल्स ग्रोथ वर्षेनि ७० प्रतिशतको दरले बढोत्तरी भइरहेको पनि जनाएको छ । त्यहि फेस्टिवल सिजनमा कम्पनीको ग्रोथ वर्षेनि ५० प्रतिशत भन्दा माथि रहेको छ । यसबाहेक कम्पनीले टिभी मार्केटमा पनि राम्रो प्रगति गरिरहेको छ । शाओमीको अफलाइन टिभी बिजनेस पनि वर्षेनी ४०० प्रतिशतको गतिले बढीरहेको छ ।

शाओमीको अहिले अफलाइन मार्केटमा २,५०० भन्दा बढि एमआई स्टोर, ७५ भन्दा बढि एमआई होम र २० भन्दा बढि एमआइ स्टुडियोहरु रहेको छ । यसबाहेक पुरा भारतभर कम्पनीको सातहजार भन्दा बढी प्रीफन्ड पार्टनर्स रहेका छन् ।

शाओमीले भारतमा आफ्नो अपरेशन सुरु गरेको पाँच वर्ष पुरा भएको छ । कम्पनीले भारतमा आफ्नो एक्सक्ल्यूसीभ रिटेल स्टोर ‘एमआइ होम’ १० मे २०१७ मा खोलेको थियो । कम्पनीले त्यसबेला जम्मा १२ घण्टामै पाँच करोड भारुको सेल्स हासिल गरेको थियो ।

Global Bank
easy care

प्रकाशित: २ माघ २०७६, बिहीबार

ताजा समाचार