माइक्रोसफ्टको विन्डोज १० यूजर्सको लागी आयो क्रोमियम एज ब्राउजर

Technology Khabar २ माघ २०७६, बिहीबार

माइक्रोसफ्टको विन्डोज १० यूजर्सको लागी आयो क्रोमियम एज ब्राउजर
Global IME Bank

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टको वेब ब्राउजर धेरै समयदेखि असफल रहँदै आएको छ । खास गरि गूगल क्रोम र फायरफक्सको तुलनामा मानिसहरु माइक्रोसफ्टको वेब ब्राउजरलाई कमै प्राथमिकता दिन्छन् । त्यो चाहे एज होस या इन्टरनेट एक्सप्लोर । सायद यहि कारणले होला कम्पनी अब क्रोमियम इन्जिन बेस्ड एज ब्राउजर जारी गर्दैछ ।

बुधबारदेखि नै विन्डोज १० यूजर्सको लागी क्रोमियम इन्जिन बेस्ड ब्राउजर दिइने छ । यसलाई कम्पनीले एक अपडेटको रुपमा जारी गर्नेछ । कम्पनीको एक ब्लग पोस्टको अनुसार विन्डोज प्रयोगकर्तालाई पछि गएर अपडेटेड एज ब्राउजरमा स्वीच गर्नु पर्नेछ । यद्पी बिजनेस प्रयोगकर्ताले यस परिवर्तनलाई ब्लक गरेर पुरानो ब्राउजर प्रयोग कन्टीन्यु गर्न सक्छन् ।

के हो क्रोमियम ब्राउजर ?

बास्तवमा गूगल क्रोम र ओपेरा जस्तो ब्राउजर क्रोमियम इन्जिनमा चल्दछ । क्रोमियम इन्जिनको ओपन सोर्स वेब ब्राउजर हो जसलाई गूगलले बिकास गरेको थियो । यसको सोर्स कोडको प्रयोग गरेर अर्को ब्राउजर तयार गर्न सकिन्छ । क्रोम गूगलको नै हो, तर अरु कम्पनीहरुले पनि क्रोमियम इन्जिनमा आधारित वेब ब्राउजर बनाउँछन् ।

विन्डोजको यस कदमपछि एज ब्राउजरमा आउँदो समयमा हामीले ठुलो परिवर्तनहरु देख्न सक्दछौँ । यूजर इन्टरफेस नयाँ देखिनेछ जहाँ तपाई प्रोफाइल बनाउन सक्नु हुनेछ । ट्रयाकिङ प्रीभेन्सनको लागी अलग अलग अप्सन दिईएको छ जसबाट हामी सेलेक्ट गर्न सक्छौ । यस ब्राउजरमा गूगल क्रोमको एक्स्टेशनले पनि काम गर्नेछ । यस बाहेक प्रोग्रेसिभ वेब एप र इमर्सीभ रीडर जस्तो फीचरहरु पनि उपलब्ध हुनेछ ।

स्टाटकाउन्टर ग्लोवल तथ्यांक अनुसार हाल वेब ब्राउजरको लिस्टमा गूगल क्रोम टपमा रहेको छ । दोस्रो नम्वरमा एप्पलको सफारी ब्राउजर रहेको छ । त्यस्तै तेस्रो नम्वरमा मोजिला फायरफक्स वेब ब्राउजर रहेको छ भने लिस्टको चौथो नम्वरमा सामसङ इन्टरनेट र पाँचौ नम्वरमा ओपेरा रहेको छ । यसपछि माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर को नम्वर रहेको छ । एजेन्सी

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ माघ २०७६, बिहीबार