Technology Khabar २ माघ २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । फेसबुक गेमिङको बजार तिब्ररुपमा बढिरहेको छ । यसले अमेजन भिडियो लाइभ स्ट्रीमिङ सर्भीस टुइचको मार्केट शेयर कम गराईरहेको छ ।
गत वर्षको डिसेम्बरमा फेसबुक गेमिङको भ्युअरसिप वर्षेनी २१० प्रतिशतको बढिरहेको देखिएको थियो । सो समय फेसबुकको मार्केट शेयर ८.५ प्रतिशत रहेको थियो जुन अघिल्लो वर्ष केबल ३.१ प्रतिशत मात्र रहेको थियो । स्ट्रीमएलिमेन्ट्स र आर्सनल डट जीजीको डाटाबाट यस विषयको खुलासा भएको हो ।
यद्पी टुइच अझैपनि गेमिङमा सबैभन्दा ठुलो प्लेयर रहेको छ । यसैबिचमा कम्पनीले ७२.८ करोड भ्युअरसिपमा बढोत्तरी गरेको छ । तरपनि टुइचको मार्केट शेयरमा यसबिच कमी देखिएको छ । कम्पनीको मार्केट शेयर ६७.१ प्रतिशतबाट ६१ प्रतिशतमा झरेको छ । जस्ट च्याटीङ पहिलो पटक टुइचको सबैभन्दा पपुलर क्याटागोरी बनेको छ, जबकि डिसेम्बरमा ‘एक्सक्युसी’ टुइचमा पपुलर क्याटगोरी रहेको थियो ।
स्मरणरहोस् नोभेम्वरमा पनि ‘एक्सक्युसी’ टुइचमा पपुलर क्याटगोरीमा रहेको थियो । युट्युब टृुइचपछिको ठुलो गेम स्ट्रीमीङ सर्भीस भएको छ । युट्युब गेमिङको मार्केट शेयर २७.९ प्रतिशत रहेको छ ।
गेमिङमा आफ्नो ध्यान बढाउँदै फेसबुकले डिसेम्बरमा म्याड्रिड बेस्ड भिडीयो गेमिङ स्टार्टअप प्लेगिगा ७.८ करोड डलरमा किनेको थियो ।
फेसबुक गेमिङले हालैमा दुई नयाँ गेम पोकेमन टावर ब्याटल र पोकेमन मेडालायन ब्याटल लाई रिलीज गरेको थियो । यि दुई नयाँ गेमहरु इन्स्टेन्ट गेम्स प्लेटर्फममा रिलीज गरेको थियो । पोकेमन दुनियाँभरमा धेरै पपुलर भएको थियो । नेपालसहित विश्वभर गेमिङ मार्केट तिब्ररुपमा बढ्दै गइरहेको छ । एजेन्सी
प्रकाशित: २ माघ २०७६, बिहीबार