अपटेड समाचार

बजेट आइफोनको रुपमा आउने आइफोन एसई २, फेस आइडी र ५.४ इन्च डिस्प्लेको साथ लन्च हुने

काठमाडौं । हरेक वर्ष झै यस वर्ष पनि एप्पलले नयाँ आइफोन लन्च गर्दैछ । तर यसपटक मानिसहरुको नजर आइफोन एसई२ मा रहेको छ । कम्पनीले आईफोन एसई लन्च गरेपछि यसलाई हालसम्म रोकेर राखेको छ । अफिशियल नभएपनि अनेकौ लिक्स र रिर्पोटहरुबाट यो स्पष्ट भएको छ कि कम्पनीले यसपटक सस्तो आईफोन लन्च गर्दैछ ।

हालैको एक रिर्पोटअनुसार एप्पल २०२० मा आइफोन ८ को साइजको पनि आइफोन लन्च गर्नेछ । जुन स्मार्टफोन सम्भवलः आइफोन एसई २ हुन सक्नेछ । यस आइफोनमा ५.४ इन्चको डिस्प्ले दिईने छ ।

सीईएस २०२० मा केहि सप्लायर्सहरुको रिपोर्टअनुसार एप्पलले आइफोन ८ को अपडेटेड भर्जको लागी फेस आइडी बनाउँदै छ । पछिल्लो केहि दिन देखी कम्पनीले आइफोन एसई२ मा फेस आईडी नदिई टच आईडी दिन सक्ने चर्चा चल्दै आएको छ । तर अहिले फेरी आएको रिर्पोटको अनुसार कम्पनीले फेस आइडी नै दिन सक्ने चर्चा गरेको छ ।

अर्को समाचार रिर्पोटले ५.४ इन्चको डिस्प्ले भएको आइफोनको साइज आइफोन ७ जत्तिकै हुने बताएको छ । यस स्मार्टफोनमा बेजल्स पनि हुनेछ । अर्थात यसमा फेस आइडी हुने छैन । यसरी सप्लायर्सहरुको रिर्पोट र यसको रिर्पोटमा फरक फरक तथ्य सार्वजनिक भएको छ ।

अर्कोतर्फ म्याकरुर्मसको एक रिर्पोटअनुसार एप्पलले यसपटक तीन नभई पाँचवटा मोडलका आइफोन सार्वजनिक गर्ने जनाएको छ । यसमा तीन या चार फ्ल्यागसीप हुनेछ जसको स्क्रीन साइज ५.४ इन्च, ६.१ इन्च र ६.७ इन्चको हुनेछ । यी स्मार्टफोनमा एज टु एज डिस्प्ले दिइने छ । साथै यी स्मार्टफोनमा ५जी कनेक्टिभीटी को साथ मल्टी लेन्स क्यामरा हुनेछ ।

जेपी मोर्गन एनालिस्टले हालै एप्पलले ६.१ इन्च को दुई फोन लन्च गर्ने जनाएका छन । हाल यसको मुल्य कति हुनेछ भन्ने तथ्य भने सार्वजनिक भएको छैन । एजेन्सी