चीनमा ५जी स्मार्टफोनको बजार बढ्दो, डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोन बिक्री

Technology Khabar १ माघ २०७६, बुधबार

चीनमा ५जी स्मार्टफोनको बजार बढ्दो, डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोन बिक्री

काठमाडौं ।

काठमाडौं । चीनमा टेलिकम अपरेटरहरुले ५जी नेटवर्क र सर्भिस लन्च गरेसँगै सन् २०१९ को डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोनहरु प्रयोगमा आएका छन् ।

चाइना इन्फर्मेसन एण्ड कम्यूनिकेसन टेक्नोलोजी एकेडेमीले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोन आपूर्ति भएको छ भने सो महिनमा ११ वटा नयाँ ५जी मोबाइल फोनहरु लिस्टेड भएका थिए ।

सो रिपोर्टअनुसार सन् २०१९ भरि चीनको घरेलु बजारमा ३८ करोड ९० लाख स्मार्टफोनहरु आपूर्ति भएको थियो । जसमध्ये कुल ५जी स्मार्टफोनहरु भने १ करोड ७३ लाख ६९ हजार यूनिट थिए ।

हाल चीनमा उपलब्ध रहेका ५जी स्मार्टफोनहरुमा जेडटिई एक्जोन १० प्रो ५जी, ह्वावे मेट २०एक्स ५जी, ह्वावे मेट ३० सिरिज, ह्वावे मेट एक्स फोल्डेबल स्मार्टफोन, अनर भी ३० सिरिज, भीभो आईक्यू प्रो ५जी, भीभो नेक्स ३ ५जी, सामसंग नोट १० प्लस ५जी, शाओमी ९ प्रो ५जी, ह्वावे नोभा ६, ओपो रेनो ३ प्रोलगायत बजारमा छन् ।

यसअघि नै आईडिसीले सन् २०२० मा चीनको स्मार्टफोन आपूर्तिमा सुधार हुँदै जाने उल्लेख गरेको थियो । जसमध्ये सन् २०२० मा मात्रै ५जी स्मार्टफोनहरुको वृद्धिदर २० प्रतिशत भन्दा बढि हुने र त्यस्ता ५जी स्मार्टफोनहरु ३०० डलर भन्दा कम मूल्यका हुने अनुमान गरिएको छ ।

त्यस्तै सन् २०२१ सम्ममा प्रयोगमा रहेका स्मार्टफोनहरुमध्ये करिब २० प्रतिशत स्मार्टफोनहरु ५जीमार्फत कनेक्सन हुने प्रक्षेपण गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: १ माघ २०७६, बुधबार

ताजा समाचार