टिसिएलले मोबाइल वर्ल्ड कंग्रेसमा प्रिमियम स्मार्टफोनहरु देखाउने, ५जी स्मार्टफोन पनि ल्याउने

Technology Khabar १ माघ २०७६, बुधबार

टिसिएलले मोबाइल वर्ल्ड कंग्रेसमा प्रिमियम स्मार्टफोनहरु देखाउने, ५जी स्मार्टफोन पनि ल्याउने

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर टिसिएलले आफ्नो ब्राण्डमा नयाँ स्मार्टफोनहरु घोषणा गर्न आगामी फरवरीमा स्पेनको बार्सिलोनामा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस २०२० मा ईभेन्ट आयोजना गर्ने भएको छ । कम्पनीले सो इभेन्टमा आफ्ना नयाँ प्रविधिहरुका साथै पछिल्ला स्मार्टफोनहरु प्रदर्शन गर्नेछ ।

कम्पनीले यसको लागि २२ फरवरीमा प्रेस कन्फ्रेन्स समेत आयोजना गर्ने भएको छ । जसको लागि टिसिएलले मिडिया इन्भिटेसन पठाउन थालिसकेको छ ।

कम्पनीले सो इभेन्टमा औचारिकरुपमा शुरु हुनुपहिले नै प्रेस कन्फ्रेन्स आयोजना गर्दैछ । जहाँ टिसिएल र अल्काटेलका स्मार्टफोनहरु प्रदर्शन गरिनेछन् ।

यसअघि कम्पनीले आफ्नै ब्राण्डका स्मार्टफोनहरु प्रिमियम सेगमेन्टमा लन्च गर्ने बताएको थियो । कम्पनीले टिसिएल १० ५जी र टिसिएल १० एलमा फ्ल्याट डिस्प्लेहुनेछ भने अर्को स्मार्टफोन टिसिएल १० प्रोमा भने कभ्र्ड एजसहितको डिस्प्ले हुने बताईएको छ ।

यी तीनवटै स्मार्टफोनहरुमा भने ४ वटा रियर क्यामरा हुने अपेक्षा गरिएको छ । यी स्मार्टफोनमा मध्यमतहको चीपसेटहरु राखिनेछ जसमा स्न्यापड्रागन ८६५ टिसिएल १० प्रोमा हुनसक्नेछ ।

हालै सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स शो २०२० मा कम्पनीकै अल्काटेल ब्राण्डका डिभाइसहरु प्रदर्शन गरिएको थियो । जहाँ अल्काटेल ३एल, अल्काटेल १एस, अल्काटेल १भी र अल्काटेल १बी रहेका थिए । यी सबै फोनहरु ६५ डलरदेखि १६५ डलरसम्मको मूल्यमा हुनेछन् ।
यसबाहेक कम्पनीले अन्य डिभाइसहरु समेतल्याउन सक्नेछ ।

टिसिएल तथा अल्काटेल ब्राण्ड नेपाली बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ । कम्पनीले यसअघि नै अल्काटेलका केहि मोडलहरु नेपाली बजारमा लन्च गरिसकेको छ।

प्रकाशित: १ माघ २०७६, बुधबार

Comments are closed.

Loading...