भारतमा शाओमी रेड्मी के२० र के२० प्रो को मुल्यमा भारी कटौती, नेपालमा कहिले घट्ला मूल्य

Technology Khabar १ माघ २०७६, बुधबार

भारतमा शाओमी रेड्मी के२० र के२० प्रो को मुल्यमा भारी कटौती, नेपालमा कहिले घट्ला मूल्य

काठमाडौं । शाओमीको रेडमी के ३० स्मार्टफोनहरुको बारेमा धेरै अगाडिदेखि रिपोर्टहरु आईरहेका छन् । हालै भारतमा बिएआई अर्थात ब्युरो अफ इन्डियन स्ट्यान्डर्डमा कम्पनीले एक नयाँ स्मार्टफोनलाई एम२००१जी७एआई मोडल नम्बरको साथ सर्टिफाइड गरेको छ, जसलाई रेड्मी के३० ५जी भएको बताईँदैछ । शाओमीले चाँडै भारतमा ‘रेड्मी के’ सीरीज लाई बिस्तार गर्दै रेडमी के३० र के३० प्रो को घोषणा गर्न सक्दछ ।

कम्पनीले भारतीय बजारमा एकातर्फ नयाँ मोडल लन्च गर्ने तयारी गरेको छ भने अर्कोतर्फ पुरानो मोडलको समेत बजार मूल्य कटौती गरेको छ । शाओमीले आफ्नो यसै सीरीज अन्र्तगत रहेको स्मार्टफोन रेड्मी के२० र के२० प्रो को मुल्यमा भारी कटौती गरेको छ ।

शाओमीको तर्फबाट रेड्मी के२० र के२० प्रो दुबै स्मार्टफोनलाई दुई भेरिएन्टमा सार्वजनिक गरेको थियो । रेड्मी के२० स्मार्टफोन ६जीबी ¥याम प्लस ६४ जीबी स्टोरेजको साथ सार्वजनिक भएको थियो जसको मुल्य भारु २१,९९९ रहेको थियो । तथा ६जीबी ¥याम र १२८जीबी स्टोरेज भएको फोनको मुल्य भारु २३,९९९ रहेको थियो । तर अहिले कम्पनीले मूल्य कटौती गर्दै नयाँ मूल्य तोकेको छ ।

कम्पनीले रेडमी के २० को मुल्यमा कटौती गरेपछि ६जीबी र्याम र ६४ जीबी स्टोरेज फोनको मुल्य १९,९९९ तथा ६जीबी र्याम र १२८जीबी स्टोरेज भएको फोनको मुल्य भारु २२,९९९ मा किन्न सकिन्छ ।

यसैगरि साओमी रेड्मी के२० प्रो को ६जीबी ¥याम र १२८जीबी स्टोरेज भएको फोनका २७,९९९ भारु तथा ८जीबी ¥याम र २५६जीबी स्टोरेज भएको फोन ३०,००० भारुमा सार्वजनिक भएको थियो । मुल्य घटाइएपछि ६जीबी र्याम र १२८जीबी स्टोरेज भएको फोनलाई अहिले २४,९९९ तथा ८जीबी र्याम र २५६जीबी स्टोरेज भएको फोनलाई अहिले २७,९९९ मा किन्न सकिन्छ ।

यी दुबै स्मार्टफोनहरु शपीङ साइट अमेजन र फ्लिपकार्टमा किन्न सकिन्छ ।

नेपाली बजारमा पनि शाओमी रेडमी के २० र रेडमी के २० प्रो दुबै स्मार्टफोन उपलब्ध रहेको छ । कम्पनीले भारतमा मूल्य घटाएपनि नेपाली बजारमा भने लन्च भएदेखि मूल्यमा कुनै कटौती गरेको छैन् । नेपाली बजारमा शाओमी रेडमी के २०प्रो (८जीबी र्याम र २५६जीबी स्टोरेज) को मूल्य ४९,९९९ रुपैयाँ तोकिएको छ ।

यो पनि हेर्नुस्-

शाओमी रेडमी के २०प्रोको मूल्य चीनमा कटौती, नेपालमा कहिले घट्ला बजार मूल्य ?

 

प्रकाशित: १ माघ २०७६, बुधबार

Comments are closed.

Loading...