पैदल यात्रुहरुसँग बोल्ने कार बनाउदै टेस्ला, भिडमा मानिसहरुलाई बाटो छोड्न आग्रह गर्ने

Technology Khabar १ माघ २०७६, बुधबार

पैदल यात्रुहरुसँग बोल्ने कार बनाउदै टेस्ला, भिडमा मानिसहरुलाई बाटो छोड्न आग्रह गर्ने

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रिकल कार बनाउने कम्पनी टेस्लाले अब आफ्नो गाडिहरुलाई ज्यादा हाइटेक बनाउने भएको छ । चाँडै नै टेस्लाका कारहरु पैदल हिड्ने बटुवासँग कुराकानी गर्दै गरेको देखिनेछ । यो भिडभाड हुने सडकमा गुड्दा मानिसहरुलाई बाटो छोड्न आग्रह गर्दछ ।

कम्पनीका सिइओ एलन मस्कले हालै ट्विटरमा भिडीयो शेयर गरेर यसको बारेमा हिन्ट दिएका छन् र यो फीचर चाँडै नै टेस्लाको इलेक्ट्रिक कारहरुमा देखिने बताएका छन् ।

रिपोर्टहरुका अनुसारमा हाल यो आर्टिफिसियल इन्टेलीजेन्स प्रविधिमा हुने हो वा यो पुरै अडियो प्लेयरमा आधारीत हुने भन्ने पक्का नभएको उल्लेखछ । उपयोगीताको बारेमा कुरा गर्दा यसको के फाइदाहरु हुनेछ यसबारे कम्पनीले कुनै जानकारी सार्वजनिक गरेको छैन । तर आशा गरिए अनुसार टेस्ला कारका मालिक जो उबर र ओलामा राइड शेयरीङ सर्भिस प्रयोग गर्दछन् । उनी यस फीचरको उपयोग धेरैभन्दा धेरै ग्राहकलाई लोभाउनको लागी उपयोग गर्न सक्नेछन्।

नयाँ अपडेटमा पाइनेछ अरु जानकारी

मस्कले हालै कन्र्फम गरेका थिए की उनले चाँडै नै टेस्ला थिएटरको आउँदो फर्मवेयर अपडेटमा पपुलर डिज्नी सर्भिस पनि उपलब्ध गराउने छन् । टेस्ला थिएटर सर्भिस कम्पनीको भर्जन १० अपडेटमा सामेल रहेको छ, जसलाई गत वर्ष सेप्टेम्बरमा रीलीज गरिएको थियो ।

टेस्लाले होलिडे अपडेट पनि रोलआउट गर्न सुरु गरेको छ, जसमा सेल्फ ड्राइभिङ प्रीभ्यु पाईनेछ । यस फीचरमा टेस्लाको बिल्ट इन भ्वाइस कमान्ड र क्याम्प मोड जोडले टेक्स्ट म्यासेज पढेर सुनाउने छन् । क्याम्प मोड प्रयोगकर्तालाई एयरफ्लो, टेम्प्रेचर, इन्टेरियर लाइट, म्युजिक र अरु डिभाइसलाई कन्ट्रोल गर्ने सुबिधा प्रदान गर्दछ ।

easy care

प्रकाशित: १ माघ २०७६, बुधबार